मिर्मीमुनि काली थुनेको : सूर्य मगर र मञ्जरी गुरुङबीच घम्साघम्सी दोहोरी

Spread the love

मिर्मीमुनि काली थुनेको, अन्तै माया लाइछौ रे मायाले साँच्चै हो कि हल्ला सुनेको

सम्झिदैछु म यता परदेशमा के गर्दैछौ मन्जरी घरदेशमा ? मिर्मीमुनि काली थुनेको, अन्तै माया लाइछौ रे मायाले साँच्चै हो कि हल्ला सुनेको

सगीसाथीसँग मनमुटु साट्दैछु, तिम्रै फोटो हेर्दाइ रात काट्दैछु : यो मुटुमा आगो जलायो, तिम्लाई छोडी कही माया लाछैन कुन पापीले हल्ला चलायो

मभन्दा नि गतिलो पाइछौ रे, सुन्छु हल्ला अर्कैसँग लाइछौ रे : मिर्मीमुनि काली थुनेको, अन्तै माया लाइछौ रे मायाले साँच्चै हो कि हल्ला सुनेको

मलाई भने तिम्रै याद आको, कल्ले कुरा लाइदियो नभाको : यो मुटुमा आगो जलायो, तिम्लाई छोडी कही माया लाछैन कुन पापीले हल्ला चलायो

साथीभाइले समाउछन् च्याप्च्याप्ती, फेसबुकतिर थियो रे छ्याप्छ्याप्ती : मिर्मीमुनि काली थुनेको, अन्तै माया लाइछौ रे मायाले साँच्चै हो कि हल्ला सुनेको

यत्तिका दिन भन कहाँ गाको, उल्टै दोष लाउदै छौ नभाको : यो मुटुमा आगो जलायो, तिम्लाई छोडी कही माया लाछैन कुन पापीले हल्ला चलायो

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *