तनहुँँ समाज पोर्तुगलले वनभोज तथा पारिवारिक भेटघाट कार्यक्रम गर्ने

Spread the love

लिस्बन । तनहुँँ समाज पोर्तुगलले अङ्ग्रेजी नयाँ वर्ष र माघे संक्रान्तिको अवसरमा खुल्ला वनभोज तथा पारिवारिक भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले जनवरी २० तारिख सोमबारका दिन कार्यक्रमको आयोजना गर्ने भएको हो ।

समाजकी अध्यक्ष बिनु बस्नेतका अनुसार कार्यक्रम बेला भिस्ता पार्कमा हुनेछ । कार्यक्रम दिउसो १:०० बजेदेखि शुरु हुने छ ।

कार्यक्रममा खानपीन र नाचगानसहित रमाइलो गरिनेछ ।

पोर्तुगलमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई सहभागी भइ कार्यक्रम भव्य रुपमा सफल पारिदिनका लागि समाजले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *