झ्याम्मै बस्यो साइली : जयलक्ष्मी छन्त्याल र थानेश्वर गौतमको सालैजो गीत

Spread the love

अाकाशमा उड्यो हावाइजहाज साइली सालैजो मै तल लुरुलुरु

ओइलेर जाला स्याउ जस्तो गाला सालैजो नपर फुरफुरु, झ्याम्मै बस्यो साइली डालीमा चरी तिम्रो मन साइली बुझाउला केही गरी

मोहीमा पार्ने मदानी साइलो साइलो घ्यु राख्ने ठेकीमा

किन हो साइलो साह्रै दिल बस्यो साइलो जुँगाको रेखीमा, आकाशैमा साइलो नौलाखे तारा छौ कि माया साइलो साह्रै नै गाल पारा

हिमालमा बस्ने माल्सरी साइली तराइमा हररा

सम्झिन्छु तिम्लाई दिनरात साइली रुन्छ मन धरर, न्याउली रोयो साइली डालीमा बसी छोड्ने छैन साइली सिन्दूरै नघसी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *