पोर्तुगलका तामाङहरुले फेब्रुअरी २ तारिखका दिन सोनाम ल्होछार मनाउने

Spread the love

लिस्बन । पोर्तुगलका तामाङहरुले फेब्रुअरी २ तारिखका दिन सोनाम ल्होछार मनाउने भएका छन् । मञ्जुश्री सम्वत २८५६ को अवसरमा उनीहरुले साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्ने भएका हुन् ।

सोही दिन तामाङ समाजको पाँचौ अधिवेशन पनि राखिएको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, तामाङ समुदायका विविध मौलिक झाँकीहरु प्रस्तुत गरिने कुरा समाजका अध्यक्ष सुनिता तामाङले बताएकी छन् ।

कार्यक्रम काइस दु सुद्रे मेट्रो स्टेशनसामुन्ने टाइम आउट हलमा दिउँसो २:०० बजेदेखि शुरु हुनेछ । कार्यक्रममा सहभागी भइ भव्य रुपमा सफल पारिदिनका लागि पोर्तुगलमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई समाजले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *