न्युयोर्कमा ट्रकले ठक्कर दिँदा नेपाली बालकको ज्यान गयो, आमा घाइते

Spread the love

अमेरिकाको न्यूयोर्कमा सडक दुर्घटनामा परि १० वर्षे नेपाली बालक श्रृजल पन्थीको निधन भएको छ ।

मंगलबार बिहान ७ बजे न्युयोर्कको क्विन्सस्थित कोरोनामा बालकलाई स्कुल पु¥याउन जाँदै गर्दा फोहोर बोक्ने ट्रकले श्रृजल र उनकी आमा मीना पन्थी दुबैलाई ठक्कर दिएको थियो ।

कोरोनाको ५७ एभिन्यु र ९७ स्ट्रिटमा जेब्रा क्रसिङबाट बाटो कट्दै गर्दा ट्रकले ठक्कर दिएको जनाइएको छ ।

घटनापछि घाईतेलाई तत्काल अस्पताल लगिएको थियो । घटनास्थलको नजिकै रहेको एल्महर्ष्ट हस्पिटलमा उपचारका क्रममा बालकको निधन भएको हो ।

घाइते मीनाको खुट्टामा फ्याक्चर भएकाले आजै शल्यक्रिया गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *