अष्ट्रेलियामा मन्त्री योगेश भट्टराई सहभागी नेपाल भ्रमण वर्ष २०२० को प्रचार कार्यक्रममै प्रहरी हस्तक्षेप

Spread the love

सिड्नी । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कार्यक्रममा पूर्वस्वीकृति नलिएर गरिएको भन्दै अस्ट्रेलियाको प्रहरीले कार्यक्रम रोकिदिएको छ ।

अष्ट्रेलिया आगलागीको चपेटामा परेको छ । मन्त्री भट्टराईले सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि जुलुस निकाल्नै लाग्दा अष्ट्रेलियाको प्रहरीले रोकिदिएको साउथएसिया डटकम अष्ट्रेलियाले जनाएको छ ।

अष्ट्रेलियाको प्रहरीले नेपालका मन्त्री भट्टराई सहभागी भएको सो कार्यक्रमको अनुमति माग गरेको थियो । जुलुस निकाल्ने अनुमति देखाउन नसकेपछि कार्यक्रम रोकिएको छ ।

जुलुसको नेतृत्व नेपालका पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहाल, एनएसडब्ल्यूका नेपालका कन्सुल जनरल दीपक खड्का र भिक्टोरिया चन्द्र योञ्जनले गरेका थिए ।

एनएसडब्ल्यू पुलिसको घटना योजना इकाईले आयोजनाहरूका प्रमोशनल र व्यावसायिक फाइदाका लागि अधिकार सम्बन्धी कानून बमोजिम नभएको लगायत धेरै कारण देखाएर जुलुस नगर्न निर्देशन दिइएको थियो ।

आयोजकको अव्यवस्थापनका कारण जुलुस रोकिएको भन्दै सहभागीहरूले आयोजकप्रति आक्रोश पोखेको स्वतन्त्र पत्रकार प्रकाश हुँमागाइँले बताएका छन् ।

ओपेरा हाउससम्म जाने पूर्व निर्धाति कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । जबरजस्ती जान खोजिएपछि प्रहरीले रोकेको थियो ।

प्रहरीसंग अनुरोध गर्दा प्रहरीले काउन्सिलसंग स्वीकृति लिन खोज्दा काउन्सिलले ब्यानर बिना थोरै सम्म जाने भएमात्र जान सक्ने बताएपछि मन्त्री भट्टराइलाई लिएर केही मानिसहरू गएको पत्रकार हुँमागाइँले बताएका छन् ।

अष्ट्रेलियन प्रहरीले रोकपछि जुलुसमा सहभागी मन्त्रीसहितका नेपालीहरू डराएका थिए । उनीहरूको जुलुसले पैदल यात्रीहरूको बाटो अबरोध गर्ने भन्दै अष्ट्रेलियन प्रहरीले आक्रोश जनाएको थियो ।

सिडनीस्थित एकाउन्टेन्ट र गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको पूर्व कोषाध्यक्ष डिला खरेललाई आयोजकहरूले पुलिस र अन्य सम्बन्धित प्राधिकरणबाट अनुमति लिन जिम्मा दिएका थिए ।

‘सुरक्षाकर्मीहरूले जुलुस प्रदर्शनमा रोकेको देखेर सहभागीहरू निराश भएका छन्’, पत्रकार हुमागाइँले भनेका छन्, ‘उनीहरूले गैरकानूनी व्यवस्थापनका लागि आयोजकहरू दोषी छन् ।’

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कार्यक्रमको व्यवस्थापन फितलो भएकोमा आक्रोश व्यक्त गरेका छन् । – रिपब्लिका दैनिक

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *