बुहारी दलित भएको थाहा पाएपछि परिवारको सबै मिली ज्यान लिए

Spread the love

उदयपुर । उदयपुरको कटारी नरपालिका– ४ सिम्लेको जंगलमा दुई वर्ष अघि एक किशोरीको लास भेटिएको थियो । जंगलमा भेटिएको लास सडि सकेकाले परिचान गर्न नै मुश्किल परेको थियो प्रहरीलाई । घटनाको लामो अनुसन्धानपछि प्रहरीले हत्या भएको ठहर गरेको थियो ।

दलित परिवारको केटी भएको थाहापाएपछि घर परिवारका सबै मिलेर कटारी नगरपालिका– ४ सिम्लेमा उदयपुरगढी गाउँपालिका–५ बाहुनीटारका १७ वर्षिय संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की , ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य खुलेको हो ।

मोवाईल फोन मार्फत सम्र्पकमा जोडिएको किशोरीसँग बिवाह बन्धनमा बाँधेएका कटारी नगरपालिका– ४ सिम्लेका युवराज कार्कीले बिवाह गरेको केही महिनापछि मात्र उनले थाहा पाए केटी दलित भएको । घर परिवार सबैले दलित केटी थाहापाएपछि उनका श्रीमान् युवराज कार्की, ससुरा नेनबहादुर कार्की र देवर सुजन कार्की मिलेर हत्या गरेको रहस्य दुई वर्षपछि खुलेको छ ।

२०७४ कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सडेगलेको अवस्थामा आत्महत्या गरिएको जस्तो शव फेला परेको थियो । सो घटनाको लामो अनुसन्धान पश्चात प्रहरीले हत्या भएको भन्दै गएको मंसिर २२ देवर सुजन कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धान पश्चात बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गएको मंसिर २३ गते नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । सुजनलाई पक्राउ गरेपछी अन्य दुई जना काठमाडौंमा रहेका खुल्ना साथ पक्राउ गर्न सफल भयौं ।’डिएसपी केसीले भने–‘फरार तीनै जना पक्राउ गर्न नियमित अनुसन्धान गरि रहेका थियौं ।

अनुसन्धानका क्रममा युवराजले बिवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछी परिवार नै मिलेर हत्या गरेको पाईएको पनि प्रहरीले जनाएको छ । फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरी संगिता कार्कीको घरमा आएको पनि अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भई रहेको जनाउँदै डिएसपी केसीले गत आईतबार पुर्पक्षका लागि जिल्ला अदालतमा पेश गरिएको पनि जानकारी दिए । जिल्ला अदालतले आईतबार नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको पनि प्रहरीले जनाएको छ । २ वर्ष अघि नै मृतक परिवारले प्रहरीमा जाहेरी दिएको थियो । घटनाबारे प्रहरीले २ वर्ष लामो अनुसन्धानपछी हत्या भएको निष्कर्षका साथ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियमित अनुसन्धानले पक्राउ गर्न सफल : प्रहरी

घटना पश्चात फरार रहेका तीन जनालाई प्रहरीले दुई वर्षपछी पक्राउ गर्न सफल भएको हो । घटना घटेको समयमा प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठ रहेका थिए । त्यसपछी डिएसपी मेघराज अधिकारी र धु्रव श्रेष्ठले ईलाका प्रहरी कार्यालय कटारीको जिम्मेवारी सम्हालेका थिए । यस बीचमा फरार रहेका तीन जनालाई पक्राउ गर्न हालका कार्यालय प्रमुख डिएसपी प्रेमसागर केसीले नियमित अनुसन्धानपछी उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् ।

घटनापश्चात भारतको दार्जिलिङ्ग पुगेका उनीहरु त्यसपछी नेपाल आएका थिए । सुराकीका आधारमा दुईवर्षपछी उनीहरु मध्ये सुजन कार्की आएको सुराकीका आधारमा पत्ता लागेपछी कटारीमा उनलाई पक्राउ पश्चात नैनबहादुर र युवराजलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको डिएसपी केसीले बताए । पक्राउ गर्नका लागि ईलाका प्रहरी कार्यालय कटारीबाटै प्रहरी खटाईएको थियो ।

९ महिना अघि कटारीको जिम्मेवारी सम्हालेका डिएसपी केसीले जिम्मेवारी सम्हालेसँगै यस घटनालाई नियमित अनुसन्धानमा रहेका कारण पक्राउ गर्न सफल भएको बताए । कटारीमा आउनु साथ परिचय कार्यक्रममै यो घटना रहस्यमय रहेको गुनासो आएपछी घटनालाई गम्भिर रुपमा अनुसन्धानमा लागेका थियौं । डिएसपी केसीले –‘अन्तत अनुसन्धानको केहि समयपछी पक्राउ गर्न सफल भयौं । ईश्वर तामाङले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *