२६ जनवरीमा मगर समाज पोर्तुगलको माघे संक्रान्ति साँस्कृतिक कार्यक्रम

Spread the love

लिस्बन । मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालबाट कलाकारद्वय नीता पुन मगर र प्रसाद खप्तरी मगर आएर कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन् ।

पोर्तुगलमा रहेका कलाकारहरुले पनि कार्यक्रममा आफ्ना रोचक प्रस्तुति दिने बताइएको छ ।

दिउसो ४:०० बजेदेखि शुरु हुने कार्यक्रममा मगर परिकार र विशेष साँस्कृतिक प्रस्तुतिहरु समावेश गरिने छन् । समाजले टिकटका लागि चोपकुमार राना मगर (९२०४९८५५७), कमल पुन (९२००१४२४०) सँग सम्पर्क गर्न जानकारी गराएको छ । टिकट दर १५ युरो मात्र राखिएको छ ।

२६ जनवरी आइतबारका दिन प्रासा दा स्पानिआमा रहेको चाइनिज रेष्टुरेन्ट वोक मुन्डोमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भइदिनका लागि पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई समाजका अध्यक्ष राना मगरले हार्दिक अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *