गाउने भए गाम : पशुपति शर्मा र ज्योति मगरबीच दोहोरी घम्साघम्सी

Spread the love

गाउने भए गाम दोहोरी म नि कम्ति छैन दोहोरी गाउने नाङ्गै हिंड्ने यही ज्योति हैन, दोहोरी गाउने भए लामो लुगा लगाए नत्र गीतै नगाए

तिमी कम्ति छैनौ भने म नि कम्ति छैन, तीजको गीतमा रत्यौली गाउने यही पशुपति शर्मा हैन, तीजका गीत बिगार्‍यो यही पशुपति आएर रत्यौली गीत गाएर

भाले बन्न खोज्छे हजुर भएर नि पोथी, लाज पचेकी उत्ताउली भै यो बेइज्जती ज्योति, दुई तीनटा गीत गाएर दुई तीनजना नचाएर हिड्छे लाजै पचाएर

पोथी बन्न खोज्छ हजुर भएर नि भाले, तीजको गीत गाउदै हिंड्न कल्ले भन्यो काले ? जाँदा रहेछौ घोचन मलाई गाल पार्नेले आफ्नो पनि सोचन

अरु गाउने ठिकै थिए यही गतिली भइन, यल्ले लाउने लामो लुगा यी बजारमै छैन, खोज्न हिने भेटिन्छ यही गतिले हिने हाम्रो संस्कार मेटिन्छ

यही लुगा नि लामो भाछ अझै छोटो किन्छु काले तिम्लाई बालाई भो र चैन गर्दै हिन्छु उफ्री उफ्री नाचिन्छ दुई बारको जीवनमा रिल्याक्स गर्दै बाचिन्छ

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *