पोर्तुगलमा गुरुङहरुले साँस्कृतिक कार्यक्रमसहित २६०४ औं ल्होछार मनाए

Spread the love

नमस्तेनेपाली डट कम, लिस्बन । पोर्तुगलमा गुरुङहरुले तमु ल्होछार मनाएका छन् । लिस्बनमा आज साँस्कृतिक कार्यक्रमसहित २६०४ औं च्यु ल्होछार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान गरे ।

कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकर हमाल, मानार्थ पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका भूमि गुरुङलगायतका कलाकारहरुले आ-आफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए । तमु भेषभूषासहित उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुतिसँगै नाच्दै रमाइलो गरेका थिए ।

कार्यक्रम तमु समाज पोर्तुगलका अध्यक्ष विकास गुरुङको अध्यक्षता, सचिव तारा गुरुङको संचालन र उपाध्यक्ष मिलन तमुको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । साँस्कृतिक कार्यक्रमको सञ्चालन अमर तमुले गरेका थिए । कार्यक्रम लुमियारमा रहेको राधाकृष्ण मन्दिरको सभाकक्षमा भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *