दाँतको बीचमा खाली ठाउँ हुने मान्छेहरुको भविष्य कस्तो हुन्छ ?

Spread the love

सामुन्द्रिक शास्त्र एउटा विस्तृत विधा हो । यसमा व्यक्तिको अनुहार, शरिरको अलग अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ।

दाँतको बिचमा खाली भयो भने कस्तो हुन्छ भविष्य ?

सुन्दरता : सामान्यतया दातँको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ। यसैलै सुन्दरताको दृष्टिले यो सहि मानिदैन।

सुख : सामुन्द्रिक शास्त्रको अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथसाथ चमक पनि हुन्छ, उनीहरुले निकै सुखको जीवन व्यतीत गर्छन्।

रचनात्मक क्षमता : मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निलै सम्हालेर राख्न जानेका हुन्छन्।

बुद्धिमता : त्यस्तै अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुद्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ।

ठुलो लक्ष : जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन्।

हार नमान्ने : दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइपर्दा आत्तिने गर्दैनन्।

अति बोल्ने : सामुन्द्रिक शास्त्रको अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी सम्म कुरै मात्र गरिरहन सक्छन्।

खुला बिचार : यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन्।

खाना-पिनाको शौखिन : दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन्।

भविष्य राजसी सुख : सामुन्द्रीक शास्त्रको अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन्।

पतिको प्रेम : जो स्त्रीको माथी र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन्।

लामो दात : जो पुरुषको लामो दाँत हुन्छ, ती पुरुषला जीवनमा कहिल्यै धनको कमीको सामना गर्नु पर्दैन।

– बिभिन्न अनलाइनहरुको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *