द्रौपदीबाट भएका यी पाँच गल्तीका कारण मच्चिएको थियो महाभारत

Spread the love

महाभारतकी एक प्रमुख पात्र हुन् द्रौपदी । पाञ्चाली एवं कृष्णाका नामले समेत चिनिने द्रौपदी पाञ्चालराज द्रुपदकी अयोनिजा पुत्री हुन् ।

उनको जीवन एवं चरित्रलाई बुझ्न निकै कठिन छ । द्रौपदीको बहुआयामिक चरित्र नै यसरी निर्माण गरिएको छ कि तत्कालीन समाजमा उनलाई बुझ्ने व्यक्ति सके आफैं पनि त्यस्तै रहस्यमयी कृष्ण मात्रै थिए सायद । कृष्ण द्रौपदीलाई सखी भनेर सम्बोधन गर्थिन् भने द्रौपदी श्रीकृष्णकी मित्र थिइन् । मित्रले मात्र मित्रलाई राम्रोसँग बुझ्नसक्छ । यहाँ द्रौपदीको बहुआयामिक पक्षलाई उधिनेर त्यसको चर्चा गर्न खोजिएको छैन ।

यहाँ त द्रौपदीबाट भएका पाँचवटा गल्तीको चर्चा गरिएको छ जसका कारण महाभारतको युद्ध भयो। उनका ती व्यवहारका कारणले महाभारतको कहानी नै परिवर्तन भयो। द्रौपदीले ती गल्ती नगरेका भए सम्भवतः आज अर्कै इतिहास हुन्थ्यो, महाभारतको कथा नै अर्कै हुनसक्थ्यो। हेरौँ, के के छन् द्रौपदीका पाँच गल्ती

१) स्वयंवरमा कर्णको अपमान गर्नु

द्रौपदी कर्णलाई चाहन्थिन् तर जब उनलाई थाहा भयो कि कर्ण त सूतपुत्र हुन्, उनले आफ्नो इरादा बदलिन् । पहिलो कुरा त कर्णलाई सूतपुत्र भनेर स्वयंवर प्रतियोगितामा भाग लिन दिइएन, अर्को कुरा कर्णलाई निकै नराम्रोसँग अपमानित गरियो ।

द्रौपदीले त्यसो नगरेकी भए परिणाम अर्कै हुनसक्थ्यो । हुन त द्रौपदी का पिता द्रुपदले द्रोणाचार्यलाई मार्ने प्रतिज्ञा गरेका थिए र त्यसैका लागि अग्निकुण्डबाट द्रौपदीसँगै धृष्टद्युम्न नामक पुत्र उत्पन्न गरेका थिए । द्रोणाचार्यको वध अर्जुन बाहेक अरुले गर्न सक्दैनन् भन्ने द्रुपदलाई लागेको थियो । तसर्थ उनी छोरीको विवाह अर्जुनसँग गराउन चाहन्थे ।

यसका अतिरिक्त कृष्ण पनि शक्ति सन्तुलनका लागि अथवा भनौं आफूअनुकूलको नतिजाका लागि द्रुपद र पाण्डवको मेल गराउन चाहन्थे । यिनै विविध कारणले गर्दा द्रौपदीले कर्णको अपमान गरेर आफ्नो प्रेमभावलाई दबाएकी थिइन् जुन महाभारत युद्ध हुनुको एक कारण बन्न पुग्यो ।

२) पाँचै पाण्डवको पत्नी हुन स्वीकार गर्नु

अर्जुनले स्वयंवरको प्रतियोगिता जितेका थिए । तसर्थ नियमअनुसार द्रौपदी अर्जुनकी पत्नी हुन्थिन् । तर, तत्कालीन विशेष परिस्थितिमा द्रौपदीलाई पाँचै पाण्डवको पत्नी बन्न प्रेरित गरियो । द्रौपदीले पाँचै पाण्डवको पत्नी बन्न स्वीकार नगरेकी भए आज इतिहास अर्कै हुनसक्थ्यो ।

द्रौपदी ले कुन्तीको आदेश, युधिष्ठिर चाहना, वेद व्यासको प्रेरणा तथा कृष्णको अनुशंसाका कारण पाँचै पाण्डवसँग विवाह गर्न स्वीकार गरेकी थिइन् ।

३) दुर्योधनको अपमान

द्रौपदीले इन्ऽप्रस्थमा युधिष्ठिरको राज्याभिषेकका समयमा दुर्योधनलाई व्यंग्य गरेकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन्, अन्धाको छोरो अन्धो। यही कुरा दुर्योधनको मनमा तीरजसरी गाडिएर बस्यो । यही अपमानरूपी तीर निकाल्नका लागि दुर्योधनले द्यूतक्रीडा वा जुवाको आयोजन गरी आफ्नो मामा शकुनीको सहायताले पाण्डवहरूलाई हराएनन् मात्र, पाण्डवहरूलाई द्रौपदीलाई समेत दाउमा थाप्न लगाए। फलस्वरूप द्रौपदीको चीरहरण गर्ने प्रयास भयो । यही घटना नै पछि महाभारत युद्धको मूल कारण बन्नपुग्यो ।

४) युद्धका लागि प्रेरित गर्नु

आफ्नो चीरहरणपछि द्रौपदीले पाण्डवहरूलाई भनिन्, तिमीहरूले दुर्योधन तथा त्यसका भाइहरूलाई मारेर मेरो अपमानको बदला लिन सकेनौ भने धिक्कार छ तिमीहरूलाई । अब मेरो कपाल त्यति बेलासम्म खुला रहन्छ अर्थात् म त्यति बेलासम्म जुरो बाँध्दिन जबसम्म दुःशासनको रगतले मेरो कपाल धुँदिन ।

चीरहरणको प्रयास भएका बेला द्रौपदी रजस्वला भएकीले एकवस्त्रा थिइन् । त्यस्तो अवस्थामा नारी जातिमाथि त्यो किसिमको व्यवहार अति नै अशोभनीय थियो । यस्तैमा भीमसेनले प्रतिज्ञा गरे, म द्रौपदीलाई यहाँ आएर बस भनी तिघ्रा देखाउने दुर्योधनको तिघ्रा गदा हानेर भाँच्नेछु अनि दुःशासनको छाती चिरेर उसको रक्तपान गर्नेछु ।

यसैगरी चीरहरणका दौरान कर्णले द्रौपदीलाई बचाउनुको साटो भनेका थिए,र् जो स्त्री पाँचजना पतिहरूसँग रहन्छे, उसको मान के अपमान के ? यो त वेश्या झैं भएन र !’ यो कुराले द्रौपदीलाई भित्रैसम्म घोच्यो, उनी घायल नागिनी झैं भइन् । उनले यही कुरा सुनाएर हरेक समय कर्णलाई मार्नुपर्छ भन्दै अर्जुनलाई उक्साइरहिन् ।

५) जयद्रथलाई क्षमादान दिनु

जब पाण्डवहरू वनवासको सजाय भोगिरहेका थिए, त्यही समय दुर्योधनका ज्वाइँ जयऽथको कुदृष्टि द्रौपदीमाथि पर्‍यो । उसले एक्लो अवस्थामा फेला पारेर द्रौपदी लाई जबरजस्ती रथमा राखेर लिइहिँड्यो । तर पाण्डवहरू समयमै आइपुगे र द्रौपदीलाई जोगाए ।

पाण्डवहरूले अनीतिको मार्गमा हिँड्ने दुस्साहसी जयद्रथलाई समाते । उनीहरू जयऽथलाई त्यहीँ नै मारिदिन चाहन्थे तर द्रौपदीले पाण्डवहरूलाई त्यसो गर्न दिइनन्। यो पनि द्रौपदीको ठूलो गल्ती ठहरियो। द्रौपदीको सल्लाहअनुसार पाण्डवहरूले जयऽथलाई चारपाटे मुडेर घोर अपमान गरे। जयऽथ अरूलाई अनुहार देखाउन नसक्ने अवस्थामा पुग्यो र उसले त्यहाँबाट आफ्नो नो राज्यतर्फ नगई जंगलमा बसेर तपस्या गर्न थाल्यो।

उसले भगवान् शिवबाट एक दिनको युद्धमा अर्जुनबाहेक चार भाइ पाण्डवलाई हराउनसक्ने वरदान प्राप्त गर्‍यो। ऊ आफ्नो अपमानको बदला लिन चक्रव्यूहमा फसेको अर्जुनपुत्र अभिमन्युको मृत्युको प्रमुख कारण बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *