अष्ट्रेलियामा १४ वर्षीया बालिकासँग शारीरिक सम्पर्क राख्न खोज्ने नेपाली पुलिसको फन्दामा

Spread the love

काठमाडौं। अस्ट्रेलियामा एक १४ वर्षकी किशोरीलाई यौन सम्बन्धको लागि फकाइरहेका एक नेपाली युवालाई पुलिले पक्राउ गरेको छ । पश्चिमी सिड्नीबाट पक्राउ परेका ती युवाले यौन सम्बन्ध राख्ने नियतले एक किशोरीलाई भेट्नका लागि बोलाइरहेका थिए । पुलिसका अनुसार २९ वर्षका ती युवालाई २ जनवरीमा पक्राउ गरिएको हो ।

उनलाई शंकास्पद अनलाइन गतिविधिमा संलग्न देखिएपछि एक महिना लामो अनुसन्धानपछि पक्राउ गरिएको पुलिसले जनाएको छ । अस्ट्रेलियाको मिडिया साउथएसियाका अनुसार ती युवा ती किशोरीसँग कुराकानी गरिरहेको, ती किशोरीसँग यौनजन्य विषयमा कुरा गरेको, यौन सम्बन्धको इच्छा जनाउँदै उनलाई यौनजन्य सामग्रीहरु पठाएको पाइएको थियो । पुलिले उनको गतिविधि शंकास्पद देखिएपछि नोभेम्बरबाटै उनीमाथि निगरानी गर्न सुरु गरेको थियो ।

पुलिसका अनुसार ती युवाले यौन सम्बनधको उद्देश्यसहित किशोरीसँग भेट्ने चाँजापाँजो मिलाएका थिए । ती युवाको नाम सन्देश पाठक भएको खुलासा भएको छ । उनको कोठाबाट पुलिसले ल्यापटपसहित अन्य विद्युतीय उपकरण जफत गरी सिल गरेको छ । – डिसी नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *