१६ वर्षमा उपसचिवको कमाई ४ करोड ६८ लाख ! अख्तियारद्दारा मुद्दा दायर

Spread the love

काठमाडौं – अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा अख्तियारले ढुंगानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरेको छ।

उनी २०४९ सालमा सेवा प्रवेश गरेका थिए। त्यो समयदेखि २०७५ असारसम्म ढुंगानाले गरेको वैध आम्दानी ७९ लाख ५४ हजार रुपैयाँ देखिएको छ। यो अवधिमा उनले गरेको खर्च ५ करोड ४८ लाख देखिएपछि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

उनले श्रीमती मधु कोइरालाको नाममा समेत स्रोत नखुल्ने सम्पत्ति खरिद गरेका छन्। उक्त सम्पत्ति समेत जफत गर्न मुद्दामा भनिएको छ। – नागरिक

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *