हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति ?

Spread the love

मुम्बई – अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यो फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार २१ करोड ७८ लाख कमाएको थियो ।

फिल्मले हप्ताभरमा उत्साहजनक व्यापार गरेको हो । यो फिल्मले बिहीवार मात्र १० करोड ८० लाख भारु कमाइ गरेको थियो ।

फिल्मले यो हप्ता पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्मले सफलता पाउँदा सलमान खानको फिल्म ‘दबंग ३’ को व्यापार कम भएको थियो ।

‘गुड न्यूज’ मा अक्षय कुमार, कियारा, करीना कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । यो फिल्मले यो हप्ता २ सय करोड कमाउने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *