मोहनविक्रम सिंहले टेलिभिजनमा अन्तर्वार्ता दिन पाउने

Spread the love

काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अब टेलिभिजनमा अन्तरवार्ता दिन पाउने भएका छन् ।

पार्टीको केन्द्रीय समिति र राष्ट्रिय परिषदको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारमा जानसक्ने छुट दिने निर्णाय गरेको हो ।

अर्धभूमिगत रुपमा रहेका सिंह यसअघि रेडियो र पत्रिकामा अन्तरवार्ता दिए पनि टेलिभिजनमा देखिएका थिएनन् ।

यस्तै बैठकले राष्ट्रिय सभाको आगामी चुनावमा गण्डकी र प्रदेश ५ मा सहभागी हुने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *