अमेरिकामा नयाँ वर्षकै दिन नेपाली विद्यार्थीले ज्यान गुमाए

Spread the love

बोस्टन । अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीको ज्यान गएको छ । अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बस्दै आएका रौतहटका हिमाल तिमल्सिनाको बुधबार अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

केहीदिन अघि उनलाई टाउकोमा गम्भीर चोटपटक लागेकाले बर्लिङटनको लाहे होस्पिटल एण्ड सेन्टरको एमआईसीयूमा भर्ना गरिएको थियो।

उनको परिवारलाई साहयता पुर्याउन बोस्टनका नेपाली समुदायले ‘गो फण्ड मी’ मार्फत आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *