मलेसियामा सुतिरहेकै अवस्थामा एक नेपालीको निधन

Spread the love

क्वालालम्पुर । रोजगारीको लागि मलेसिया आएका एक नेपालीको ज्यान गएको छ । ३ महिना अगाडि यहाँ आएका पाँचथरका हेमलाल दुलाल बुधबार बिहान आफू सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

उनको मृत्युको आधिकारिक कारण अहिलेसम्म खुलेका छैन । उनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ ।

मृतक दुलालको नेपालमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *