सौतेलो बाबुले जबरजस्त शारिरीक सम्पर्क राख्दा तीन वर्षीया बालिकाको ज्यान गयो

Spread the love

कञ्चनपुर । सौतेलो बावुले जबरजस्त शारिरीक सम्पर्क राख्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले बलात्कार गर्दा तीन वर्षीया सुनिता चुनाराको मृत्यु भएको हो ।

आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई बलात्कार गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छिन् ।

श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् ।

बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् ।

यता, प्रहरीले भने बाबुको कुटपिटबाट बालिकाको ज्यान गएको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दका अनुसार चुनाराले कुटपिट गर्दा बालिकाको ज्यान गएको बयानका क्रममा बताएको जानकारी दिए ।

प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पात पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *