नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचारको मुद्धा

Spread the love

काठमाडौं । सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक विद्यालयमा कार्यरत एक शिक्षिकाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

शिक्षिका ज्ञानु रायमाझीले भारतको विहार विद्यालय परीक्षा बोर्ड पटनाबाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी लाभ सुविधा लिएको भन्दै आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रायमाझी २०५४ साल भदौ १४ गते अस्थायी नियुक्ति लिएर शिक्षण पेशामा प्रवेश गरेकी थिइन् । सोही शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा रायमाझी ०६३ साल साउन ३० गते प्राथमिक शिक्षकको रुपमा स्थायी नियुक्ति लिएकी थिइन् । – अनलाइनखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *