पोर्तुगलमा सातौ टोपी दिवस : भ्रमण वर्ष र अङ्ग्रेजी नयाँँ वर्षको पनि शुभकामना आदानप्रदान

Spread the love

लिस्बन । पोर्तुगलमा बुधवार सातौ टोपी दिवस मनाइएको छ । सन् २०१३ को जनवरी १ तारिखबाट शुरु भएको यो सातौ अन्तर्राष्ट्रिय टोपी दिवस हो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२०, टोपी दिवस र अङ्ग्रेजी नयाँँ वर्षको शुभकामना व्यक्त गरिएको थियो । मानार्थ पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ र गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समानवय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन राजकुमार थापाले गरेका थिए ।

प्रासा दा फिगेइरा (घोडा चोक) मा भएको कार्यक्रममा करिब ७० जना नेपालीहरु सहभागी थिए । सहभागीहरुले नेपाली झन्डा, ब्यानर, प्ले कार्डसहित टोपी लगाएका थिए ।

कार्यक्रम भइरहेको स्थान वरपर आएका पर्यटक वा पोर्तुगीसहरुलाई नेपालका केही पर्यटकीय स्थलका तस्वीर छापिएको पम्प्लेटहरु वितरण गरिएको थियो । कार्यक्रममा आदिवासी जनजातिहरुको सहभागी भने नगण्य मात्रामा रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *