वादीहरूको जिन्दगी : जग्गा छैन, घर जग्गा छैन जीवनभर त्रिपालकै वास !

Spread the love

बाजुरा । जिल्लाका अधिकांश वादी परिवारका लागि घरवासको व्यवस्था नहुँदा जीवन भर त्रिपालमुनीकै बास बस्न बाध्य भएका छन् । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्वहरुको स्थायीरुपमा बसोबास गर्नका लागि आफ्नो नाममा जमिन नभएको कारण उनीहरुले स्थायीरुपमा घर लगाउन नसकेपछि पुस्तौदेखि अहिलेसम्म बाजुराका अधिकांश वादी परिवार त्रिपालमुनीकै बास बस्न् बाध्य भएका हुन् ।

जिल्लाको बुढीगङ्गा, बुढीनन्दा नगरपालिका र गौमुल, हिमाली गाउँपालिकाका अधिकांश ठाउँमा पहिलादेखि बस्दै आएका वादी परिवारको नाममा जमिन नभएकोले उनीहरुले अहिलेसम्ममा पनि एक ठाउँमा निश्चित् बास बस्नका लागि घरबारको व्यवस्था गर्न नसेपछि जीवनभर त्रिपालमुनीको बासमा जीवन जिउन बाध्य भएका भएका छन् ।

जिल्लामा स्थानीय सरकार आए सँगै महिला दलित बालबालिकामा केही परिवर्तन आएपनि गन्धर्व परिवारको भने समाजिक, आर्थिकरुपमा केही परिवर्तन नभएको बुढीगङ्गा नगरपालिका –७ मा अस्थायीरुपमा बस्दै आएका चन्द्र वादीले बताउनुभयो ।

समय पर्खदै दिन गयो, दिन गन्दै महिना आयो , महिना गन्दै वर्ष आयो, पञ्चायत पछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि ,लोकलन्त्र गणतन्त्र आयो, यो सँगै देशमा पनि परिवर्तन आयो तर जिल्लाका विभिन्न ठाउँमा बस्तै आएका वादी परिवारको जीवनमा भने परिवर्तन ल्याउनका लागि कोही सरकार नआएको बडिमालिका नगरपालिमा –१ जुगाडामा अस्थायीरुपमा त्रिपालमुनीको घरबास गर्दै जीवन जिउन बाध्य भएका जोगगिरी वादीले बताउनुभयो ।

उहाँले भन्नु भयो ,हुक्का ,सुल्पा बनाएर गाउँमा गाउँमा लगेर बेच्ने र तिहारको बेलामा सारङ्गी मादल आदी बजाउँदै गाउँ गाउँमा माग्दै आफ्नो जीवन जीउन सहज हुन्थ्यो अहिले यो पेशा पनि लोप हुँदै गएकोले अन्य व्यवसाय गर्न समस्या भएको बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा भएको स्वास्थ्य , सामाजिक परिवर्तन सगै जिल्लाका अधिकाशं बुढापाकाले सुर्ती तमाखु खान छोड्दै गएपछि गन्धर्व परिवारको सुल्पालाई कोही कसैले नराख्दा उनीहरुको पेशा लोप हुँदै गएको हो बुढीगङ्गा नगरपालिका १० का इन्द्र नेपालीले बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका गन्धर्व परिवारले बाजुराका विभिन्न ठाउँमा सुल्पा दिदै अन्न माग्दै जाने चलन पनि विस्तारै हराउँदै जाँदा वादी परिवारहरु चिन्तित भएका छन् ।

वादी परिवारले कालोमाटोलाई पिट्दै बनाएका सुल्पा जिल्लाका साविकका गाविस तोली, छतारा, बारबीस जयवाग्यश्वरी, काँडा, गुदुखाती, आटीचौर, डोगडी, तोली र कैलाशमाण्डौ लगायतका ठाउँमा पु¥याउने र खेतिको सिजनमा खलोको रुपमा अन्न उठाउँदै बालबच्चा छोरा छोरी घरपरिवार पालन पोषण गर्दै आएका थिए अहिले उनीहरुको त्यो पेशा लोप हुँदा चिन्तामा परेका हुन् ।

स्थानीय तहले दलित महिला, बालकालिका तथा जनजातीका लागि आरक्ष रकम विनियोजन गरेर उनीहरुलाई केही राहत दिएपनि उनीहरुको स्थायीरुपमा बसोबासका लागि भने केही व्यवस्था गर्न नसकेको बुढीगङ्गा नगरपालिका –७ का वडा अध्यक्ष भुवन केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, आफुले उनीहरुका लागि अन्य केही गर्न नसकेपनि बाह्रविसमा पहिला देखि बस्दै आएका चन्द्र वादी, हजारी वादी र सपना वादीको नागरिकता भने बनाइ दिएको छु ।

नागरिकता पनि नभएर उनीहरुले पाउने सेवा सुविधा पनि नपाउँने र सधै सेवाबाट वञ्चित भएका हुनाले आफुले वडाका वयोवृद्ध समाजसेवि विभिन्न राजनीतिक दलहरुको रोहोवरमा मुचुल्का उठाएर नागरिकता बनाइ दिएको अध्यक्ष केसीले बताउनुभयो ।

पहिला गाउँविकास समितिबाट गन्धर्व परिवारका लागि केही मात्रामा मात्रै रमक मिल्ने गर्दथ्यो र त्यो रकमले उनीहरुलाई चिसोको समयमा चिसो काट्न त्रिपाल र कम्मल किन्दिने गरेको थियो दलित प्रतिनिधी इन्द्र नेपालीले बताउनुभयो ।

उहाँले भन्नु भयो लक्षित वर्गका लागि आएको रकम उनीहरुलाई दिदै गर्दा बालुवामा पानी हाले झै भएकोले उनीहरुलाई यो रकम भन्दा एक ठाउँमा घरवासको व्यवस्थाका लागि पहल गर्नु पर्ने र उनीहरुको पहिला देखि आएको त्यो पेशालाई अन्य सीपमा परिवर्तन गर्दै जानु पर्छ जस्ले गर्दा उनीहरुले आफैले खेतीपाती तथा अन्य कुनै पनि व्यपार व्यवसाय गरेर जीविकोपार्जन गर्न सकुन् ।

जिल्लामा बस्दै आएका गन्धर्वहरुका लागि अहिलेको स्थानीय सरकाले पनि केही व्यवस्था गरिदिएको भएमा जीवनमा सुधार आउने थियो चन्द्र वादीले बताउनुभयो । गोरखापत्रमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *