एक रुपियाँमा खाने, बस्ने सुविधा !

Spread the love

पशुपतिनगर (इलाम), पुस १७ गते । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । गोरखापत्रमा प्रेम अधिकारीले समाचार लेखेका छन् ।

पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक/एक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएका हुन् ।

पर्यटकलाई थप आर्कषित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रर्वद्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होेटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो ।

इलाम आइपुग्नुभएका जापानी पर्यटक युकिड मितामुरा र चार जना नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रुपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ । लक्की पर्यटक घोषित भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्यता आफ्नो देशमा बाँड्ने बताउनुभयो ।

इलाम आउने पर्यटकलाई लक्षित गरी इलामबाट काठमाडौँसम्म र काठमाडाँैबाट इलामसम्म आउने एक जना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यस्था गरेको छ ।

पर्यटकले ढाके कन्याम र अन्तु

इलाम अङ्ग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार इलामका पर्यटकीय स्थल भारतीय तथा आन्तरिक पर्यटकले छपक्कै भएका छन् । विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन भइरहँदा इलामको कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थलमा भारतीय पर्यटक धेरै आएका छन् ।

घुम्नैपर्ने सय पर्यटकीय स्थलमा घोषणा भएको सूर्योदय नगरपालिकाको कन्याममा भ्रमण वर्षको पहिलो दिन चार हजारभन्दा बढी भारतीय पर्यटकले भ्रमण गरेका छन् ।

चिया बगानमा वनभोज खान, घोडचढी गर्न, विभिन्न जातजातिको पहिरनमा सजिन र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक पशुपतिनगर नाकाबाट कन्याम आएका हुन् । सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले छिमेकी देश भारतबाट पर्यटक आउने क्रम बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *