प्रमाण हुँदा पनि कसरी धरौटीमा छुटे कृष्णबहादुर गिरी ‘सिद्धबाबा’?

Spread the love

इटहरी : आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई जिल्ला अदालत सुनसरीले सोमबार धरौटीमा छोड्न आदेश दियो। दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।

सिद्दबाबालाई पुर्पक्षको लागि कारागार पठाउने अनुमानमा प्राय: वकिलहरु थिए। तर पुर्पक्षका लागि पठाउने आवश्यक प्रमाण नभएको बताउँदै पीडितको तर्फका अधिवक्ताहरुको माग दाबीलाई न्यायाधीशले अस्वीकार गरेका थिए। खासमा सिद्दबाबालाई बलत्कारको आरोप लगाउँदाको सुरुवाती प्रमाण प्रहरीसँग दिएको जाहेरी मात्रै थियो।

स्रोतबाट प्राप्त मिसिलमा जाहेरी अनुसारको स्वास्थ्य रिपोर्टले बलात्कार गरेको देखिँदैन थियो। बलत्कार भएको लामो समयपछि मात्र जाहेरी दिएकोले स्वास्थ्य रिपोर्टबाट बलात्कार भएको प्रमाण पुर्‍याउन सक्ने अवस्थामा प्रहरी र सरकारी वकिलले सक्दैन थियो।

अनुसन्धानको क्रममा एक टेलिभिजन कार्यक्रममार्फत एउटा अडियो रेकर्ड सार्वजनिक भयो। जुन फोन रेकर्डमा सिद्दबाबा भनिने कृष्णबहादुर गिरीले पीडित महिलासँग माफ मागेको आवाज थियो। रेकर्ड आएपछि अनुसन्धानमा एउटा गतिलो प्रमाणकारुपमा अनुसन्धानकर्तासँग आयो।

अनुसन्धान राम्ररी नगरेको आरोप प्रहरीलाई सुरुदेखि नै लाग्दै आएको थियो। पीडित महिलालेसमेत प्रहरीले आफैँलाई फसाउन लागेको भन्दै महान्यायाधीवक्ता कार्यालय गएपछि सरकारी वकिल कार्यालयले अडियोलाई समेत प्रमाणका रुपमा अनुसन्धान गर्न दवाब दिएको थियो।

प्रहरीले १४ दिन अनुसन्धान गरिसकेर सरकारी वकिलमार्फत् अदालतमा मुद्दा दायर गर्ने तयारि गरेको थियो। तर प्रहरीले (मिसिल) बुझाए पनि अनुसन्धान अझै बाँकी रहेको भन्दै सरकारी वकिलमार्फत् म्याद थप गरेर थप प्रमाण संकलनमा लागेको थियो।

माफ मागेको स्वीकारेका थिए

प्रहरीले प्रतिवेदन बुझाएपछि सामान्यत: प्रक्रिया पुर्‍याएर मुद्दा दर्ता गर्ने सरकारी वकिलले सिद्दबाबाको मुद्दामा भने सरकारी वकिल आफुले पनि थप अनुसन्धान गरेका थिए।

सरकारी वकिलले मुद्दामा नियमित बयान लिएका थिए। जसमा सिद्धबाबाले पीडित महिलासँग माफ मागेको अडियो आफ्नै भएको स्वीकारेका थिए। अनुयायीहरुको आग्रहमा आफुले करणी नगरे पनि धर्मरक्षाका लागि माफ मागेको बताएका थिए। सरकारी वकिलको सवाल नम्बर २१ को प्रश्नको जबाफ दिँदै उनले माफी मागेको स्वीकार गरेका हुन्।

 

सरकारी वकिलमा दिएको बयान

सरकारी वकिलको बयानमा माफी मागेका सिद्धबाबाले अदालतमा भने आफुले गरेको बयान झुटो रहेको बताएका थिए। अदालतको सवाल नम्बर १९ को जावाफी बयानमा सिद्धबाबाले जाहेरवाला अर्थात् पीडितसँग फोनमा बोलेको र माफ मागेको झुट हो भनेका छन्।

प्रमाण ऐन २०३१ को दफा १८ अनुसार सरकारी अख्तियारवाला व्यक्ति अर्थात् सरकारी वकिलसमक्ष दिएको बयान प्रमाण हुने स्पस्ट छ। सरकारि वकिलकहाँ दिएको बयानसमेत प्रमाण हुने भए पनि अदालतले भने धरौटीमा रिहा गर्दा त्यस बिषयलाई नजरअन्दाज गरेको देखिन्छ।

प्रमाण ऐन फोटो

सिद्धबाबाको बयान मात्र होइन, उनकै अनुयायी पोखराका भोला बरालले पनि बाबाले धर्मका लागि माफ मागेको बताएका छन्। गुरुबाट त्यस्तो कार्य नहुने भए पनि कल्पनामा डुबेकी साधिकाबाट गल्ती हुन गयो भनेर बाबजीले मेरै मोबाइलबाट फोन सम्पर्क गर्नुभएको हो भन्दै उनले घटना स्वीकारेका छन्।

भोला बरालको बयान

‘प्रमाण ऐनले स्पस्ट सिद्धबाबाको पहिलो बयान प्रमाण हुने बताएको छ,’ अधिवक्ता अश्विनी भट्टराई भन्छन्, ‘तर अदालतले दिएको आदेशमा भने कतै पनि त्यो बिषयलाई मध्यनजर गरेको देखिँदैन।’

सुरुवाती बयानमा सिद्धबाबाले स्वीकार गरेको मात्र होइन, बिधिविज्ञान प्रयोगशालाको रिपोर्टले पनि त्यसो आवाज सिद्धबाबाकै हो भन्ने देखाएको छ। रिपोर्टमा ७६.९ प्रतिशत आवाज मिलेको अदालतले स्वीकारे पनि ठुलो प्रमाणको रुपमा लिएन।

अन्य प्रमाण नभेटिएपछि फोन रेकर्डकै कारण बलात्कार मुद्दाका आरोपी गिरी पुर्पक्षका लागि जेल जाने प्रमाणले देखाएको पीडिततर्फका वकिलहरुले बताउँदै आएका थिए। पीडितको तर्फबाट थुनछेक बहसमा सहभागी वकिलहरु निराजन ओझाले सिद्धबाबा जेल जाने प्रमाण हुँदा हुँदै पनि अदालतको आदेशप्रति आश्चर्य व्यक्त गर्छन्।

आधार हुँदाहुदै थुनामा गएनन् सिद्धबाबा

कुनै पनि मुद्दामा तत्काल कायम रहेको ठोस प्रमाणको आधार फौजदारी कार्यविधिसंहिता अनुसार पुर्पक्षका लागि कारागार चलान गर्नु पर्दछ। अदालतमा मूल प्रमाण अडियो रेकर्ड प्रमाणित हुँदाँहुदै पनि सिद्धबाबा भने पुर्पक्षका लागि थुनामा गएनन्, धरौटीमा छाडिए।

कार्यविधि संहिताको परिच्छेद ७ दफा ६७ भन्छ ‘अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाई पुर्पक्षको लागि थुनामा राख्नेछ।’

‘उनले माफ मागेको आवाज नै हो, जुन रेकर्डले आरोप प्रमाणित गर्दछ’, ओझाले भने, ‘करणी भएको लामो समयसम्म जाहेरी नपरेकाले स्वास्थ्य रिपोर्टबाट बलात्कार ठहर नभए पनि अडियो रेकर्डको तथ्यको आधारमा पुर्पक्षमा लाग्नु पर्दथ्यो।’

अदालतमा सिद्धबाबाले दिएको बयान

– थाहा खबरबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *