‘गुट्खा उद्योगले ५१ करोड ९३ लाख राजस्व छली गर्‍यो’

Spread the love

काठमाडौं । मिर्चौंया सिराहा नगरपालिकामा रहेको गुट्खा उद्योग सरकारको फन्दामा परेको छ । संचालक मोहन महतो समेत ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा ५१ करोड ९३ लाख विगो कायम गरी सिराह जिल्ला अदालतमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

गोमती गुट्खा उद्योगका संचालक मोहन महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धव कुमार महतोले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने र कम तिर्ने उद्देश्य राखि उत्पादित सुर्तिजन्य पदार्थ गुट्खाको प्याकेटमा अन्तःशुल्क स्टिकर टाँस नगरी विक्रि गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

गुट्खा विक्री गर्दा प्रचलित कर कानून बमोजिम कर वीजक समेत जारी नगरी कारोबार लुकाई वास्तविक कारोबारभन्दा न्यू कारोबारको विवरण आन्तरिक राजस्व कार्यालय, लाहानमा पेश गरी सोही बमोजिमकम राजस्व बुझाउने गरेको विभागले आरोप लगाएको छ । उक्त उद्योगले नेपाल सरकारलाई तिर्नु कर एकाउन्न करोड त्रीयानब्बे लाख उन्नाइस हजार तीन सय तेईस रुपैया पैसा सात राजस्व चुहावट गरेको आरोप लागेको छ ।

त्यस्तै, झुट्टा तथा नक्कली विल प्रयोग गरी राजस्व छलि गर्ने जे.बि.सोलुशन प्रा.लिका संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्के समेत ५ जनालाई राजस्व चुहावट गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जे.बि.सोलुशनले तीन करोड एकहत्तर लाख छयालीस हजार नौ सय पाँच रुपैंया राजस्व चुहावट गरेको संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्केलाई कसुर अपराधमा राजस्व चुहावटको मुद्दा दायर गरिएकोे विभागले जनाएको छ ।

त्यस्तै, सि आर ट्रेडिंग प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा नपा. ४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोड ५ लाख र विदेशी विनिमय अपचलनको कसुरमा र्फमका मुख्य कारोबारी दिनेश रायलाई ६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला नागार्जुन नगरपालिका १० को दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीका संचालक बासुदेब मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख ८९ हजार र विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई २२ लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । – आर्थिकन्यूज

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *