नेकपा बैठकको निर्णय : प्रदेशको नाम वाग्मती, राजधानी हेटौंडा नै

Spread the love

काठमाडौं । सत्तासीन दल नेकपाले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी निर्णयको पक्षमा उभिन प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरूबीच चर्काे विवाद थियो । तर नेकपाको यो निर्णयसँगै नाम र राजधानी टुंगो लाग्ने निश्चितप्रायः छ । किनभने प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।

यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा विवाद थियो । राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा विवाद थियो । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *