‘घर फर्किन पाऊँ’ : कुवेतस्थित दूतावासको शरणमा ३२ नेपाली

Spread the love

कुवेत : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाउने भन्दै केही सातादेखि शरणमा छन् । काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिए अनुसारको काम नभएपछि अलपत्र परेका हुन् ।

‘आएको तीन महिनासम्म कुर्दा पनि भनेको काम नदिएपछि हामी आफ्नै मुलुकको राजदूतावासको शरणमा जान बाध्य भयौं’ विहीबार कुबेतबाट नेपाल फर्किएका प्यूठानका जङ्गवीर सुनार र रोल्पाका मतीवीर पुनमगरले भने, ‘हामी त आयौ तर ती हाम्रा साथी अलपत्र छन् ।’

त्यहाँ रहेका सबै नेपाली पीडामा रहेको र दूतावासलाई निवेदन दिदासमेत सुनुवाई हुन नसकेपछि ६ दिनको जरिवाना शुल्क तिरेर आफूहरु नेपाल फर्किएको सुनुवार र मगरले बताए ।

भिजिट भिसाको तीनमहिने म्यादसम्म कुनै काम नदिएको र भिसा प्रक्रिया पनि सुरु नगरेपछि आफूहरुलाई नेपाल फर्किएको उनीहरुको भनाइ थियो । गएका ३२ जना मध्ये मात्र ९ जना कामदारको भिसा लागेको र अरु कसैको तीन महिने भिसा सकिसकेको त कसैको सकिन लागेको हुँदा उनीहरुले नेपाल फिर्तीको लागि हारगुहार गरेका छन् ।

फर्किएका सुनारले एकलाख पचास हजार मगरले एकलाख साठी हजार रुपैयाँ मेनपावरलाई बुझाएको बताए । ‘साहुसँग ब्याजमा पैसा लिएर विदेश गइ कमाएर घर परिवार पाल्ने आशाकासाथ विदेश गइयो अहिले समस्या परेर फर्किनुपरेको छ’ दुवै जनाको गुनासो थियो ।

महिनाको १२० कुवेती रुपैयाँ तलब दिने भनेर गएको आउने बेलामा जम्मा ४० केदि मात्र दिएको गुनासो गर्दै यसले ब्याज तिर्न पनि नपुग्ने उनीहरूको भनाइ थियो ।इन्फा गल्फ कुवेत फर जनरल ट्रेडिङ मेशिनरी एन्ड इकुप्मेन्ट कम्पनीमा गएका युवाहरु निवेदन दिएर राजदूतावास जाँदा उक्त कम्पनी ब्ल्याकलिष्टमा परेको हुँदा भिसाको प्रक्रिया हुन नसकेको उनीहरुले बताए ।

गएका ३२ जना मध्ये ४ जना फर्किसकेको र बाँकी पनि उत्तरको पर्खाइमा बसेको नेपाल फर्केका पीडितहरुको गुनासो छ । यता मेनपावर कम्पनी सञ्चालक किशोर केसी भने पीडितले भने जस्तो केही नभएको र दुई वर्षसम्म म्यानपावरकै जिम्मा हुने हुँदा कुवेतमा रहेकाहरुलाई अवैध हुन नदिने बताए ।

केसीले भने, ‘हामीले दूतावासको प्रमाणीकरण गरेको डिमान्डमा कमदार पठाएका हौ, त्यसैले उनीहरू समस्यामा पर्ने कुरै हुँदैन ।’ नेपाल फर्किएका कामदार भने आइतबार वैदेशिक रोजगार विभागमा मुद्धा दिन जाने तयारीमा रहेका छन् । आजको समाचारपत्रमा भुपराज बस्यालले समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *