रोहिन्ज्याको मानव अधिकार हनन भएको भन्दै राष्ट्रसङ्घद्वारा खेद प्रस्ताव पारित, नेपाल तटस्थ

Spread the love

बिबिसी । संयुक्त राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै म्यान्मारका मुस्लिम रोहिन्ज्यासहितका अल्पसङ्ख्यकहरूमाथि भएको मानवअधिकार हननविरूद्ध खेद व्यक्त गरेको छ ।

एक सय ९३ सदस्य मध्ये एक सय ३४ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए । नौ देशले विपक्षमा मतदान गरे भने २८ देशहरू मतदानका बेला तटस्थ रहे ।

मतदानका बेला नेपाल तटस्थ रह्यो । उक्त प्रस्तावको विरूद्धमा मतदान गर्नेमा चीन, रूस लगायत छन् ।

प्रस्तावमा म्यानमारलाई ती अल्पसङ्ख्यमाथि घृणा फैलाउने गरी भएका काममा प्रोत्साहन बन्द गर्न समेत भनिएको छ ।

शुक्रबार पारित भएको उक्त प्रस्तावले एउटा स्वतन्त्र अन्तर्राष्ट्रिय कार्यदलको निष्कर्षहरूलाई उल्लेख गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनमा म्यान्मारका सुरक्षा फौजले गरेको समग्र मानव अधिकार हनन् एवं दुर्व्यवहारलाई ‘अन्तर्राष्ट्रिय कानुनका आँखामा अत्यन्तै जघन्य अपराध’ भनिएको छ ।

उता राष्ट्रसङ्घका लागि म्यान्मारका राजदूत हउ दो सुआनले उक्त प्रस्तावलाई ‘मानव अधिकारसम्बन्धी आफू अनुकूलको र विभेदकारी मर्मको दोहोरो मापदण्डको एउटा उत्कृष्ट उदाहरण’ बताएका छन् ।

उनले त्यस कदमलाई म्यान्मारमाथि ‘अनावश्यक राजनीतिक दबाब दिने र रखाईन राज्यको जटिल समस्याको समाधान खोज्ने खालको नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *