आईएसले ११ इसाईलाई घाँटी रेटेर मारे

Spread the love

एजेन्सी, काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ ।

आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो ।

बगदादीको यसै वर्षको २६ अक्टुबरमा अमेरिका सेनाबाट हत्या भएको थियो ।

यो घटनापछि आईएसले बदला लिनका लागि नयाँ अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् ५६ सेकेन्डको एक भिडियो सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

भिडियोमा एक व्यक्तिलाई गोली हानेर र बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाएपछि घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।

हत्या गरिएकाहरु सबै पुरुष भएपनि उनीहरुको परिचय खुलाइएको छैन ।

उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *