सुमन कार्कीलाई जिताउन मोरङमा प्रचार प्रसारसहित भोटको अपिल

Spread the love

प्रवेश बिष्ट, मोरङ । कान्तिपूर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन ।

लामो समयदेखि हास्यव्यंग क्षेत्रमा लागेका कार्की चर्चित पत्रकार ऋषि धमलाको क्यारिकेचर गर्ने पहिलो कलाकार समेत हुन । पत्रकार धमलाको क्यारिकेचर गरे सँगै कार्कीले मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चाय मह जोडीसँग पूरा नेपाल भ्रमण गर्नै अवसर समेत प्राप्त गरेका थिए ।

रतुवामाईका ९ का सुमन कार्कीलाई कमेडी च्याम्पीयन बनाउन यतिबेला पूर्वका अधिकांश क्षेत्रमा सुमन कार्की जिताऊ अभियान सञ्चालन गरिएको छ । यस अघिका एपिसोडमा निकै उत्कृष्ट प्रदर्शन गरेर उनले दर्शक र जर्जहरुको मन जित्न सफल भएका थिए ।

सानै उमेरदखि हास्यकला क्षेत्रमा लागेका कार्की विभिन्न व्यक्तिहरुको क्यारिकेचर गर्न अब्बल देखिन्छन् । कार्की कलाकार मात्र नभएर एउटा सफल सञ्चारकर्मि समेत हुन ।

रेडियो सुनाखरीबाट पत्रकारिता सुरुवात गरेका कार्की हाल रेडियो अडियोका कार्यक्रम प्रस्तोता हुन् । कमेडियन कार्कीले गाईजात्रा पनि काम गर्ने मौका पाइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *