बेल्जियममा तामाङहरुको युरोपियन सम्मेलन हुने : जान इच्छुकले सम्पर्क गर्न अनुरोध

Spread the love

लिस्बन । बेल्जियममा तामाङहरुको युरोपियन सम्मेलन हुने भएको छ । ७ फेब्रुअरी २०२० का दिन हुने कार्यक्रममा युरोपभरका तामाङहरु सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

यसैबीच पोर्तुगलबाट सम्मेलनमा जान इच्छुकहरुलाई तामाङ समाज पोर्तुगलले सम्पर्क गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै समाजले ६ फेब्रुअरीका दिन बेल्जियम जानुपर्ने उल्लेख गरेको छ ।

समाजले अध्यक्ष सुनिता ब्लोन तामाङ ९२०२३१३०६, उपाध्यक्ष प्रितु योन्जन तामाङ ९२०२३१०४०, उपाध्यक्ष अजय तामाङ ९२०१४६९४२ र संरक्षक सोनाम योन्जन ९२००१७०५६ सँग सम्पर्क गरी सम्मेलनमा भाग लिन सकिने बताएको छ । इलेक्ट्रिक क्याफे (झोल म:म:) इन्तेदेन्तमा पनि सम्पर्क गर्न सकिने छ ।

सम्मेलनमा भाग लिन जाने सहभागीले आफ्नो खर्च स्वयम ब्यहोर्नुपर्नेछ । खान र बस्नका लागि तामाङ समाज बेल्जियमले होटलको व्यवस्था गरिदिने छ । सम्मेलनमा भाग लिन जाने सहभागी आफैले हवाई टिकट बुक गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *