कतारमा ९ जना नेपाली कैदीले पाए आममाफी

Spread the love

दोहा । विभिन्न मुद्दामा कतारका जेलमा सजाय कटाई रहेका ९ जना नेपाली कैदीलाई कतार सरकारले आममाफी दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै दोहास्थित नेपाली राजदूतावासले उनिहरुलाई रिहाई समेत गरेको जानकारी दिएको छ ।

कतारको केन्द्रीय कारागारमा विभिन्न आरोपमा सजाए भोगिरहेका उनीहरुलाई कतारको राष्ट्रिय दिवसको अवसरमा सरकारले आममाफी दिएको हो । आममाफी पाएसंगै उनीहरुलाई नेपाल फिर्ता पठाउन दूतावासले सहजिकरण गरिरहेको छ ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कारागार सजाय भोगिरहेकामध्यबाट उनीहरुको चालचलन र उनिहरुमाथि लागेको आरोपको प्रकृति हेरेर बन्दीहरुलाई आममाफी दिने गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *