गायिका आशा भोस्ले काठमाडौंमा

Spread the love

काठमाडौं । भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनि बुधबार दिउसो काठमाडौं आएकी हुन् । उनले सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रम आगामी शनिबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुँदैछ । कार्यक्रमका लागि संगीतकार गजमेर काठमाडौं आइसकेका छन् । उक्त सांगीतिक कार्यक्रममा ३२ संगीतकर्मी र ३७ गायक गायिका सहभागी हुनेछन् । गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *