अमेरिकामा नेपालीहरुले क्रिस्मस मनाए

Spread the love

वासिङ्टन डिसी : अमेरिकाको राजधानी वाशिंगटन डिसी एरियामा बसोबास गर्ने नेपालीहरुले भब्यताकासाथ क्रिस्मस पर्ब मनाएका छन् ।

वाशिंगटन डिसी नजिकै भर्जिनियाको सेन्टरभिलस्थित कास्केड ओभरलुक ईभेन्ट सेन्टरमा यही डिसेम्बर २४ तारिख मंगलबार क्रिस्मस ईभको कार्यक्रम आयोजना गरिएको थियो ।अमेरिकामा रहेका नेपाली ईसाई धर्मालम्बीहरुको आफ्नै संस्था युनाईटेड नेप्लीज फेलोशिप युएनएफको आयोजनामा क्रिस्मस मनाईएको हो । गोबिन्द अवालेले प्रार्थना गरेर कार्यक्रमको शुरुवात गरेको भब्य समारोहमा आयोजक संस्था युएनएफ का अध्यक्ष रमेश मैनालीले सबैलाई स्वागत गरेका थिए ।

बालबालिकाहरु र बयस्कहरुको समुहले जोए टु द वर्ल्ड र शुभ खबर नामका आकर्षक क्रिस्मस गीतबाट भगवान येशुको प्राथना गरेपछि आशिष थापाले येशुको बारेमा प्रबचन दिएका थिए।

चर्चित गायीका रिता श्रेष्ठ लगायतका कलाकारहरुको आकर्षक सांगीतिक प्रस्तुतीमा येशुलाई प्राथना गरिएको अधिकांस गितहरु नेपाली भाषामै थिए। सिरिरी हावा, आशै लौ हेर लालुपाते जस्ता बोलका गितहरु आकर्षक थिए।

समारोहमा गित र नृत्यहरु प्रस्तुत गर्ने कलाकारहरु थिए लिड भोकल गितार एरिक श्रेष्ठ, बास गितार अरुण राई, ड्रम सुदिम थापा मगर, महिला गायीकाहरु रिता श्रेष्ठ, प्रसन्न थापा, सितल श्रेष्ठ, सियोन गुरुङ, अन्जली तामाङ्ग, ग्रुप नृत्य दुर्गा तामांग, सियोन गुरुङ, सजना राई, सितल श्रेष्ठ, एकल नृत्य दुर्गा गुरुङ, बाल कलाकारहरु थिए रायन मैनाली, नाथानियल मैनाली, जसुबा थापा, जेडन थापा, अनमोल केसी, अर्पण केसी, क्रिस्टिना श्रेष्ठ, एन्जल राना, एन्जिला राना, जियना गुरुङ, सिन्थीया तामाङ्ग,को टोलीले गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए।

समारोहको अन्तमा आयोजक संस्था युएनएफ का अध्यक्ष रमेश मैनालीले ऊपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *