शेर्पा किदुक पोर्तुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा निमल्हमु शेर्पा

Spread the love

लिस्बन । शेर्पा सोसाइटी पोर्तुगलको पाँचौ अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट निमल्हमु शेर्पाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनले सोसाइटीको नाम शेर्पा किदुक पोर्तुगलमा परिवर्तन गर्ने निर्णय गरेको छ ।

समितिका वरिष्ठ उपाध्यक्षमा आङछिरिङ शेर्पा, उपाध्यक्षद्वय आङछिरिङ शेर्पा र छिरिङ शेर्पा, महासचिवमा ल्हाक्पाछोटी शेर्पा, सचिवद्वयमा सोनाम शेर्पा कोशिस र छिरिङ शेर्पा, कोषाध्यक्ष फुर्वाफुटी शेर्पा र सहकोषाध्यक्ष आङनिमा शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सदस्यहरूमा पासाङ शेर्पा, कर्मा शेर्पा, दावा शेर्पा, छिरिङयाँगडी शेर्पा, डोल्मा शेर्पा (सूमी), फुर्वा शेर्पा, कुशाङ शेर्पा, ला यॉंगजी शेर्पा, मिंगमार लामा, मिंगमा तेण्डु शेर्पा र तेन्जी शेर्पा निर्वाचित भएका छन् ।

उद्घाटन सत्रमा अधिवेशनको सफलताको कामना गर्दै सोसाइटीका सल्लाहकार पेम्बा शेर्पा, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य नारायणकाजी मगर, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, एनआरएनए पोर्तुगलकी उपाध्यक्ष सीता श्रेष्ठले शुभकामना दिएका थिए ।

यसैगरी नारी समाजकी अध्यक्ष कला राई, महिला समाजकी अध्यक्ष निर्मला ढकाल खराल, मगर समाज अध्यक्ष चोपकुमार मगर, तामाङ समाजकी अध्यक्ष सुनिता ब्लोन तामाङ, किराँत याक्थुङ चुम्लुङकी दीपा लिम्बु, किराँत राई समाजका अध्यक्ष राज राई, तमु समाजका तारा गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा साँस्कृतिक पहिचानसहितका शेर्पा भाषाका गीत र नाचहरु प्रस्तुत गरिएका थिए । सोसाइटीका अध्यक्ष ओङ्गेल लामाको अध्यक्षतामा महासचिव ल्हाक्पाछोटी शेर्पाले सञ्चालन गरेको कार्यक्रम एभरेष्ट नेपाल रेष्टुरेन्ट आञ्जुसमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *