गायक राजेश पायल राई पोर्तुगल आउने : कन्सर्ट र साँस्कृतिक कार्यक्रम हुने

Spread the love

लिस्बन । बहुप्रतिभाशाली गायक राजेश पायल राई पोर्तुगल आउने भएका छन् । राईलगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र साँस्कृतिक कार्यक्रम हुने भएको छ । किराँत राई समाज पोर्तुगलले फेब्रुअरी ९ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम इन्तेन्देन्त नजिकैको लिड्लको हलमा हुनेछ । दिउसो २:०० बजेबाट शुरु हुने कार्यक्रममा पोर्तुगलमा रहेका संघ संस्थाका प्रमुखहरु, व्यापारी, वुद्धिजीवी, समाजसेवी र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थित भइदिनका लागि समाजका अध्यक्ष राज राईले अनुरोध गरेका छन् ।

कार्यक्रममा सहयोगस्वरुप प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ । टिकट लिनका लागि राज राई (९२००२०१२०), श्रेया राई (९२००३८७९४), दीपक राई (९२००४९२२५), दीपेश राई (९२०२६३८१०), ज्याक्शन सेभेन (९२०४०१०७३) र भवीन राई (९२००४९२२५) सँग सम्पर्क गर्न सकिने कुरा आयोजकले सूचित गरेको छ ।

सयौ नेपाली चलचित्रका गीत गाइसकेका राईका दर्शन नमस्ते (भाग ४ सम्म) राई इज किङ, जदौं (भाग ३ सम्म), स्यामुनालगायतका गीति एल्बम रेकर्ड भएका छन् । उनले जापानिज र भोजपुरी गीत पनि गाएका छन् ।

देशमा मात्र नभै उनी विश्वभर नेपाली समुदायबीच स्टेज प्रस्तुति तथा साँस्कृतिक कार्यक्रममा व्यस्त भइरहने कलाकार हुन् । दुई दर्जन बढी राष्ट्रिय पुरष्कारहरुबाट पुरष्कृत राई १९९२ देखि निरन्तर सङ्गीत क्षेत्रमा लागिपरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *