कोरियाले २०२० मा ५६ हजार विदेशी लैजाने

Spread the love

कोरिया : कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ ।कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औ बैठकलेविभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।

कोरियाका साना तथा सम्झौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताए । समितिले बुधबार दिउँसो निर्णय सार्वजनिक गर्दै विदेशी कामदारको मागमा आएको कमी मूल्यांकन गदै आगामी वर्षका लागि थप विदेशी माग गर्न सो निर्णय गरेको कोरियाको श्रम मन्त्रालयले जनाएको छ । गोपाल संग्रौलाले कारोबार दैनिकमा समाचार लेखेका छन् ।

सन् २०२० लागि माग गरिएको ५६ हजार कोटामध्ये उत्पादन क्षेत्रका लागि ४० हजार ७, कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ४ सय, मस्त्य क्षेत्रका लागि ३ हजार, निर्माण क्षेत्रका लागि २ हजार ३ सय र बाँकी अन्य क्षेत्रमा लैजाने जनाइएको छ । कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रका लागि मात्र श्रमिक माग गर्दै आएको छ ।कोरियाका उद्योगको उत्पादनमा आएको गिरावट आएको भएपनि प्रतिदिन थप २ घण्टा रोजगारी दिने निर्णय गरेको छ। अब जाने विदेशी श्रमिकको सीप र दक्षतालाई ध्यान दिँदैविदेशी श्रमिक माग गर्न लागिएको जनाइएको छ ।हाल कोरियाको कृषि र मासुजन्य उत्पादन तथा वितरण क्षेत्रमा चरम श्रमिक अभाव रहेको जनाउँदै विदेशी श्रमिक कोटा नघटाइएको जनाइएको छ ।

कोरियाले ईपीएस भिसा (ई ९) अन्र्तगतका पुनः प्रवेश गर्ने विदेशी कामदार प्रयोग अनुमति दिइएका पाँच क्षेत्रहरुमा पुनः प्रवेश गर्ने क्षेत्रहरु विस्तार गर्ने योजना बनाएको छ । हाल कोरियामा ४ वर्ष १० महिना बसेर फर्केका नेपाल लगायतका विदेशी श्रमिकलाई पुनः प्रवेशका लागि सीमित क्षेत्रमा मात्र जान पाउने व्यवस्था छ । पुनः प्रवेश गर्ने श्रमिक दक्ष र सीपयुक्त हुने जनाउँदैयस्ता विदेशी श्रमिकलाई प्रोत्साहन गर्र्न पुनः प्रवेश प्रतिबन्ध अवधि तीन महिनाबाट एक महिनामा घटाउने भएको छ ।कोरियाले २०२० मध्येबाट जनशक्तिको अभाव कम गर्न प्रतिहप्ता ५२ घण्टा काम गर्ने नीतिलाई लागू गर्ने जनाएको छ ।

कोरियाले सन् २०१९ का लागि पनि ५६ हजार कोटा निर्धारण गरेको थियो । साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न सरकारले आप्रवासी कामदारका लागि यो वर्ष पनि कोटा नघटाइएको मन्त्रालयले जनाएको छ । कोरियाले उत्पादनमूलक क्षेत्रमा जनवरी, अप्रिल, जुलाइ र अक्टोबरसम्ममा र कृषि तथा पशुपालन क्षेत्रमा जनवरी, अप्रिल र अक्टोबरमा विदेशी श्रमिक लैजाने जनाइएको छ । यसैगरी, निर्माण र मत्स्यपालनका लागि जनवरी, अप्रिल र जुलाइमा माग गरिने छ । नेपालीका लागि उत्पादनमूलक र कृषि क्षेत्रमा मात्र खुला गरिएको छ । निर्माण, मत्स्यपालन र सेवा क्षेत्रमा नेपालीलाई अनुमति छैन ।

अवैधानिक विदेशी घटाउने नीति

सरकारले प्रत्येक उद्योगको अवस्थाअनुसार आवश्यक जनशक्ति व्यवस्था गरेर गैरकानुनी विदेशीलाई राख्नु पर्ने रोजगारदाताको बाध्यतालाई घटाउने निर्णय समेत गरेको छ । कोरियामा बढ्दै गएका अवैधानिक श्रमिकको नियन्त्रण गरी सरकारले तोकेको सिमामा घटाउन अब पक्राउ गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *