ब्रेक्जिट : प्रधानमन्त्री बोरिसको योजनालाई बेलायती संसदको समर्थन

Spread the love

एजेन्सी – बेलायती संसदले ३१ जनवरीसम्म यूरोपेली संघ (ईयू)बाट बाहिरिने प्रधानमन्त्री बोरिस जोनसोनको योजनालाई समर्थन गरेको छ ।

ईयूबाट बाहिरिने सम्झौता सम्बन्धी विधेयककबारे बेलायती संसदमा मतदान भएको थियो । यस विधेयकको पक्षमा ३५८ र विपक्षमा २३४ मत परेको थियो । अब यो विधेयकमाथि संसदमा छलफल हुनेछ । त्यसका लागि संसदले तीन दिनको समय तोकेको छ ।

क्रिसमसपछि सुरु हुने संसदमा जनवरी ७, ८ र ९ तारिखमा यसमाथि छलफल हुनेछ । यससँगै प्रधानमन्त्री बोरिसले बेलायतलाई ईयूबाट बाहिर निकाल्नका लागि एक कदम अघि बढेको बताएका छन् ।

लेवर पार्टीका ६ सांसदले पनि गरे मतदान

लेवर पार्टीका नेता जरेमी कार्बिनले आफ्ना सांसदलाई यो विधेयकको विरुद्ध मतदान गर्न भनेका थिए । तर पनि लेबर पार्टीका ६ सांसदले सरकारको पक्षमा मतदान गरे ।

अघिल्लो हप्ता भएको आम चुनावमा कन्जर्भेटिभ पार्टीले बहुमत प्राप्त गरेपछि ब्रेक्जिट विधेयक मुस्किलले मात्रै पारित हुने आँकलन गरिएको थियो । तर, ब्रेक्जिटका लागि तय गरिएको समयसीमा (३१ जनवरी) भन्दा पहिले नै विधेयकलाई कानुनमा परिणत गरिदिने सरकारले दाबी गरेको छ ।

विधेयकमा के छ ?

विधेयक पारित भएर कानुन बनेमा त्यो सम्झौतालाई लागू गर्नुपर्ने छ । जुन गएकाे अक्टोबरमा प्रधानमन्त्री बोरिस र यूरोपेली संघबीच सहमित नै भएको थियो । यसलाई बिहीबार महारानीको भाषणमासमेत समावेश गरिएको थियो ।

अक्टोबरमा विधेयकप्रति ‘हाउस अफ कमन’को समर्थन मिलेको थियो । सरकारले त्यसलाई फिर्ता लिएको थियो । अहिले त्यही विधेयकमा केही परिवर्तन गरेर ल्याइएको छ । सन् २०१६ मा भएको जनमतसंग्रहमा ५२ प्रतिशत बेलायती नागरिकले युरोपेली संघ छाड्ने पक्षमा मतदान गरेका थिए । जबकी ४८ प्रतिशतले यसको विरुद्ध मतदान गरेका थिए ।

तर, ब्रेक्जिट (ईयूबाट बाहिरिने सम्झौता) लाई नतिजा दिने योजनामा संसदमा केही बाधा उत्पन्न भइरहेकाे थियाे । जब टेरेसा मे प्रधानमन्त्री थिइन्, तब युरोपेली संघसँग भएको सम्झौतालाई संसदले तीन पटक खारेज गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *