नेकपामा सभामुखको खोजी सुरु

Spread the love

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो ।

बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गर्नुभएको थियो । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताउनुभयो ।

संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उहाँले नेकपाले सभामुखमा दाबी गर्ने बताउनुभयो ।

बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुरा राख्नुभएको थियो ।

स्थायी कमिटीको बैठक जारी छ । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा हिउँदे अधिवेशन चल्दा संसदीय दललाई व्यवस्थित तरिकाले अगाडि बढाउने विषयमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *