सामाखुसीबाट दिनदहाडै स्कुल जान लागेका ३ बालबालिका अ’पहरण, ३ लाख फिरौती माग

Spread the love

काठमाडौं । स्कुल जान लागेको बेला ‘मम्मीले बोलाउनुभएको छ’ भन्दै साथमा लिएर गइ बन्धक बनाइएका तीन जना बालबालिकालाई प्रहरीले मुक्त गराएको छ । प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

१ जना फरार रहेको र उनको खोजी भइरहेको जनाएको छ । अपहरणकारीले यी ३ जना बालबालिकालाई अपहरण गरी ३ लाख रुपैयाँ फिरौती मागेका थिए ।

जानकारीअनुसार ती तीन बालबालिकाकी आमा काम विशेषले पोखरा जानुपरेको थियो । उनले तीन जना बच्चाहरुलाई सामाखुसीमा आफन्तको कोठामा छाडेर गएकी थिइन् । प्रहरीका अनुसार मंसिर ३० गते ती तीनैजना बालबालिका स्कुल जाँदै थिए ।

त्यही बेला कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमिहरूलाई होटलमा लगी राख्नु भन्नुभएको छ’ भन्दै लगेका थिए ।

सिजापतिले उनीहरुलाई टोखा नगरपालिका ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका राखेका थिए । उनले मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी ३ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सिजापतिको खोजी जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *