पोर्तुगलमा एकै पटक दुई नेपालीलाई अन्तिम श्रद्धाञ्जली !

Spread the love

पोर्तुगल । पोर्तुगलमा ज्यान गुमाएका दुई नेपालीलाई एकै दिन अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको छ । पोखरा १६ बाटुलेचौर कास्कीका ४७ वर्षीय स्वर्गीय तोरणबहादुर थापा र कास्की १५ ढुङेसाङका २९ वर्षीय स्वर्गीय राजु बस्नेतका लागि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम भोलि शुक्रबार दिउसो १:०० बजेबाट २:३० बजेसम्म निर्धारण गरिएको छ ।

थापाको डिसेम्बर १६ तारिख सोमबारका दिन आफ्नै अपार्टमा निधन भएको थियो भने बस्नेतको डिसेम्बर १० तारिख मंगलबारका दिन फताका साओ तोतेनिओमा रहेको आफ्नै कोठामा मृत्‍यु भएको थियो ।

थापाका श्रीमती विष्णुसहित छोरी र छोरा पनि पोर्तुगलमै छन् । विगत चार वर्षदेखि पोर्तुगल रहँदै आएका मृतक थापाको अपार्टमा पुगेका एक नेपालीका अनुसार उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।

सपरिवार नेपाल गएर यही डिसेम्बर ७ तारिखका दिन पोर्तुगल फर्किएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक श्रोतले बताएको छ ।

श्रद्धाञ्जलीपछि थापाको भोलि नै सिमितेरियो मुनिसिपल दी क्यामारात पोर्तुगलमा अन्तिम दाह संस्कार गरिनेछ ।

पोष्ट मार्टममा संलग्न चिकित्सकका अनुसार मृतक बस्नेतको शरीरमा कुनै घाउचोट देखिएको छैन ।

बुवा भद्रबहादुर र आमा सीता बस्नेतका तीन छोरामध्ये राजु माहिलो छोरा थिए । उनी ८ महिनाअघि गत मे महिनामा पोर्तुगल आएका थिए । उनको नेपाली कागजातमा जन्म २०४६ साल फागुन ११ गते भएको उल्लेख छ । उनका दुईजना दाजु र भाइ नेपालमै रहेका छन् ।

पोष्ट मार्टम रिपोर्टमा अत्यधिक मद्यपानका कारण वान्ता गर्दा श्वासप्रश्वास नली बन्द भइ अक्सिजनको कमी हुँदा मृत्‍यु भएको चिकित्सकलाई उद्ध्रित गर्दै नारायण शर्माले बताए ।

परिवारले उनको पार्थीव शरीर नेपाल पठाइदिन अनुरोध गरेका छन् । उनको पार्थीव शरीर सोमबारका दिन नेपाल पठाउने गरी टिकट कन्फर्म भइसकेको छ ।

यसअघि डिसेम्बर ८ आइतबारका दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएको थियो । ११ डिसेम्बर बुधवारका दिन स्वर्गीय पाठकको सिमितेरियो मुनिसिपल दी क्यामारातमा अन्तिम दाह संस्कार सम्पन्न भएको थियो ।

उनलाई ब्रेन ट्युमरको समस्या थियो । जुन महिनादेखि उनको उपचार भइरहेको थियो । ४१ वर्षीय पाठक विगत छ वर्षदेखि पोर्तुगलमा बस्दै आएका थिए ।

मृतक पाठककी श्रीमती पोर्तुगलमै छिन् । उनका एक छोरा र एक छोरी नेपालमा छन् । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भइदिनका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्तुगलले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अनुरोध गरेको छ ।

सन् २०१० देखि हालसम्म पोर्तुगलमा ३० नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *