यूरोपमा रिट्ठाको लोकप्रियता बढ्यो : नेपालको निर्यातमा उतारचढाव

Spread the love

काठमाडौं । यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ । द इकोनोमिक टाइम्सका अनुसार जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ यूरोसम्म पर्छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

यूरोपेली देशहरूमा रिट्ठाको धूलो वासिङ मशिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै छ । शाकाहारी तथा भेगनहरूका बीच यसको माग बढ्दो छ ।

नेपालले पनि यूरोप, अमेरिका लगायत विश्वका ११ ओटा देशमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा यूरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ । भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गरिरहेको छ ।

उक्त परिस्थितिमा ‘हिमालयन रिट्ठा’ ब्रान्डमा नेपाली रिट्ठा व्यवस्थित रूपमा निकासी गर्ने रणनीति अंगीकार गर्ने हो भने सिंगो पहाडी क्षेत्रमा उपलब्ध हुने रिट्ठाले अन्तरराष्ट्रिय बजारमा विशेष स्थान पाउने निश्चित छ ।

यसका लागि सर्वप्रथम यूरोप र अमेरिकी महादेशमा सक्रिय शाकाहारी समाज, वातावरण संरक्षण अभियान, डिपार्टमेन्ट स्टोरका सञ्जाल र ई–कमर्शका संस्थाहरूसँग संगठित पहल गर्न जरुरी छ ।

देशमा रिट्ठाको उत्पादन बढाउने कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । साथै नेपाली रिट्ठालाई अन्तरराष्ट्रिय बजारमा व्यवस्थित ब्रान्डको रूपमा पहिचान दिलाउनुपर्छ, जुन रिट्ठाको निकासी बढाउन महत्त्वर्ण हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *