पोर्तुगलमा नेपाली चलचित्र वीर विक्रम २ प्रदर्शन हुने

Spread the love

लिस्बन । पोर्तुगलमा नेपाली चलचित्र वीर विक्रम २ प्रदर्शन हुने भएको छ । मिलन च्याम्सद्वारा निर्देशित नेपालका रमणीय स्थानहरुमा छायाँकन गरिएको चलचित्रलाई घर आगन नेपालको “किनौ हेली बचाउ चेली” अभियानको सहयोगका लागि प्रदर्शन गर्न लागिएको हो ।

नेपालका दुर्गम क्षेत्रहरुका गर्भवती महिलाहरुको समय मै उपचार नपाइ प्रसुती हुन नस्कदा हुने मृत्‍युदरलाई कम गर्न हेलिकप्टर किन्ने अभियानमा रहेको घर आगन नेपालले सहयोगका लागि अपिल गर्दै युरोपको पोर्तुगल, स्पेन, पोल्यान्ड, बेल्जियमलगायत देशहरुमा चलचित्र प्रदर्शन गर्ने जनाएको छ ।

चलचित्र प्रदर्शन गर्न पत्रकार नरेश भट्टराई युरोप आएका छन् । फ्लिममा चर्चित कलाकार नाजिर हुसैन, पल शाह, बर्षा शिवाकोटीलगायतको अभिनय रहेको छ ।

पोर्तुगलको लिस्बनसहित अन्य स्थानमा पनि चलचित्रको प्रदर्शन हुने बासु सत्यालले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *