युकेमा रहेका तनहुँ खैरेनीटारका समाजसेवी बसन्तबहादुर थापा मगरको निधन

Spread the love

युके । युकेमा रहेका तनहुँ खैरेनीटारका समाजसेवी बसन्तबहादुर थापा मगरको सोमबार मृत्यु भएको छ ।

युकेको प्लम्बस्टिड निवासी ‘जातिय मुक्ति’ अभियन्ता तथा समाजसेवी थापा मगरको उपचारका क्रममा डिसेम्बर १६ सोमबारका दिन मृत्यु भएको हो ।

सिकिस्त विरामी परेका उनको क्विन एलिजावेथ अस्पताल वूल्व्हिचमा उपचारका क्रममा मंगलबार मृत्यु भएको युकेबाट थर्क रानाले जनाएका छन् ।

रानाले जातिय मुक्तिका योद्धाको मृत्युले आफूहरु मर्माहत भएको बताउँदै श्रद्धान्जलि व्यक्त गरेका छन् ।

आइतबार मात्र अस्पतालमा पुगेर स्वासथ्यलाभको कामना गरेर फर्किएको बताएका रानाले सामाजिक संजालमा लेखेका छन्- ‘अस्ताए जातिय मुक्तिका योद्धा’

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *