एनआरएनएमा मनोनयनको विवाद छताछुल्ल : मनोनित भइसकेकाले पनि राजिनामा दिए

Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले २१ जना आइसिसी सदस्य र ५१ सदस्यीय मानार्थ परिषदमा मनोनयन गरेका छन् । यसरी ७२ जनाको मनोनयन गर्दा एनसिसीले दिएको नामहरु समावेश नगरी आफूखुशी निर्णय गरेको भन्दै एनसिसी युएईका अध्यक्ष प्रकाश कोइरालाले प्रेस विज्ञप्ति नै निकालेर विरोध गरेका छन् ।

पन्तले मनोनित २१ मा यूएईबाट नबिन पौडेल र मनोनित सदस्य ५१ मा यूएईबाट गोपाल कँडेललाई राखेका थिए । तर, अध्यक्ष कोइरालाले सिफारिस गरेको नाम पन्तले नराखेपछि आक्रोश व्यक्त गरे ।

अध्यक्ष पन्तका अत्यन्त निकट युएई एनसिसीका अध्यक्ष प्रकाश कोइरालाले प्रेस विज्ञप्ति नै निकालेर विरोध गरेपछि पन्त धर्मसंकटमा परेका छन् । यता पन्तले गरेको नियुक्तिमा धेरै देशबाट असन्तुष्टि आएपछि पन्त अहिले केहीलाई हटाएर नयाँलाई थप्ने वा ५१ सदस्यीय समितिमा संख्या बढाउने आन्तरिक तयारीमा रहेको बताइएको छ ।

केही दिनअघि बसेको एनआरएनए बैठकले सदस्य मनोनित गरेको थियो । संघको कार्यसमितिमा २१ जना नयाँ सदस्यहरु मनोनित गरिएको छ । मनोनित हुने सदस्यहरुमा अमेरिका क्षेत्रबाट पासाङ्ग लामा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, डा. विष्णुमाया परियार, यमुना भट्टराई र प्रमोद सिटौला छानिएका छन् । युरोप क्षेत्रबाट रामशरण सिम्खडा, भक्त गुरुङ, अनुजा प्रधान, प्रेम पाेमु र गुणराज शर्मा रहेका छन् । अष्ट्रेलिया क्षेत्रबाट डा. बिनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य मनोनित भएका छन् ।

मध्यपूर्वबाट अब्दुल वासिद, नविन पौडेल र यास्मिन वेगम चयन भएका छन् भने एशिया क्षेत्रबाट नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । मनोनयनमा परेका २१ जना सदस्य मध्य सबैजसो संघको जिम्मेवारी अहिलेसम्म नलिएका र संघको काम नगरेकाहरु रहेका छन् । धेरै त राजनैतिक पार्टीका क्रियासील सदस्य र पदीय जिम्मेवारीमा बहाल नै रहेका व्यक्तिसमेत छन् । यो निर्णय सार्बजनिक भएसँगै संघमा आन्तरिक बिबाद बढेर गएको छ । अध्यक्ष पन्तले आफू र आफ्ना गुटका केही एनसिसि सदस्य नै नभएकालाई पनि आईसिसि सदस्य मनोनित गरेपछि बिबाद सार्बजनिक भएको हो । ‘एनआरएनए अभियानमा योगदान गरेका व्यक्तिभन्दा आफ्ना नजिकका मान्छेलाई आईसिसि सदस्य बनाईयो यो हास्यास्पद निर्णय हो’ एक एनआरएनए अभियन्ताले बताए ।

५१ सदस्यीय मानार्थ परिषदको नामावली

शनिबार नै बसेको बैठकले ५१ सदस्सिय मानार्थ परिषद समेत मनोनित गरेको छ । ५१ सदस्यीय मानार्थ परिषद सदस्यमा- धर्मराज अधिकारी,शिव कुमार वरूवाल, प्रकाश पुन, किरण विक्रम थापा, जानकी गुरूङ, भुषण घिमिरे, गणेश केसी, गाेवा कटुवाल, राजन बस्नेत, दिपक जाेशी, गंगाधर गाैतम, रजनी प्रधान, पारश गाैतम, अर्जुन गुरूङ, रविन्द्र घिमिरे, नवराज गुरूङ, हरिहर अर्याल, शन्ताेश भट्टराइ, रमेश अर्याल, मिन बहादुर गुरूङ, सुदन थापा, डिलाराम खरेल, कपिलदेव थापा, सुनिल कार्की, विनाेद कुवर, शंकर बहादुर पाैडेल, सशी पाैडेल, हिक्मत थापा, डा. अलिनि पाेखरेल सुवेदी, कुवेर कार्की, कमल मणि गुरागाँइ, शनि वली, विमल सुवेदी, गाैविन्द प्रसाद गाैतम, रमेश भण्डारी, दिपक खरेल, भारती लिम्बुनी, गाेपाल प्रसाद कडेल, कर्ण बहादुर शाही, चन्द्र गुरूङ, रण केसी, विजन भट्ट, विनाेद ज्ञावाली, कृष्ण लामिछाने, पाशाङ लामा, प्रेम श्रेष्ठ, नविन शेरचन, विकास उप्रेति, वेद बस्नेत, प्रकाश साप्काेटा, देवराज आचार्य (चिरन) रहेका छन् ।

करिब १० घण्टा लामो बैठक सम्पन्न भएर निर्णय सार्वजनिक हुन नपाउँदै मानार्थ परिषद सदस्यहरुले राजिनामा दिन शुरु गरेका छन् । मानार्थ परिषद् सदस्यमा मनोनित मध्य २ जनाले राजिनामा दिएका छन् भने अन्य केहिले पनि निर्णयमा असहमति जनाउदै राजिनामा गर्ने बताएका छन् । राजिनामा दिनेमा कृष्ण लामिछाने र बिकास उप्रेती रहेका छन् । उनीहरुले संघको निर्णय आफूहरुलाई अमान्य भएकाले राजिनामा दिएको बताउदै अध्यक्ष पन्तलाई पत्र लेखेका छन् ।

एनआरएनए एउटा सामाजिक संस्था भएकाले यसलाई आफ्नो उद्देश्यअनुसार अगाडि बढाउन संघभित्र यस्ता तिक्तताहरु आउन नदिन नेतृत्व सजग हुनुपर्दछ । अध्यक्ष पन्तमाथि लागेको आरोपका बारेमा वर्तमान कार्यसमिति मौन रह्यो भने भोलिका दिनमा काम गर्न असहज हुने पक्का छ । त्यसैले यस्ता आरोपहरुको खण्डन गरी हाल्न जरुरी देखिन्छ । यदि गल्ति भएकै हो भने सच्याउने प्रतिबद्धता पनि संघमा गर्नु वुद्धिमानी देखिन्छ ।

वैठकले संघका महत्वपूर्ण मानिएका विभागहरुको संयोजक समेत तोकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *