पोर्तुगलमा आठ दिनभित्र तीन नेपालीको निधन

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । आज पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमा निधन भएको छ । उनका श्रीमती विष्णुसहित छोरी र छोरा पनि पोर्तुगलमै छन् ।

मृतक थापाको अपार्टमा पुगेका एक नेपालीका अनुसार उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।

सपरिवार नेपाल गएर यही डिसेम्बर ७ तारिखका दिन पोर्तुगल फर्किएको कुरा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्तुगलका सचिव यामेन्द्र घर्ती मगरले जानकारी दिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक श्रोतलाई उद्ध्रित गर्दै मगरले बताएका छन् ।

थापाको अन्तिम दाह संस्कार पोर्तुगलमै गरिने कुरा एनआरएनएले जनाएको छ ।

यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भए लगत्तै गत मङ्गलबार करिब एक वर्षअघि पोर्तुगल आएका २९ वर्षीय एक पोखरेली युवकको उनकै कोठामा मृत्‍यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि सार्वजनिक नगर्न एनआरएनए पोर्तुगलले अनौपचारिक जानकारी गराएको छ ।

उनको शव जोजे जुआकिम फेर्नान्दीस अस्पताल बेजामा राखिएको छ । पोष्ट मार्टम रिपोर्टमा अत्यधिक मद्यपानका कारण वान्ता गर्दा श्वासप्रश्वास नली बन्द भइ अक्सिजनको कमी हुँदा मृत्‍यु भएको चिकित्सकलाई उद्ध्रित गर्दै नारायण शर्माले बताएका छन् ।

परिवारले उनको पार्थीव शरीर नेपाल पठाइदिन अनुरोध गरेका छन् । एनआरएनए पोर्तुगलले मृतक थापा र बस्नेतको शव व्यवस्थापनका लागि स्वेच्छिक आर्थिक सहयोग गरिदिनका लागि पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अनुरोध गरेको छ ।

यसअघि ११ डिसेम्बर बुधवारका दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको सिमितेरियो मुनिसिपल दी क्यामारातमा अन्तिम दाह संस्कार सम्पन्न भएको थियो ।

सन् २०१० देखि हालसम्म पोर्तुगलमा ३० नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *