सिद्धबाबालाई थप ७ दिन थुनामा राख्न अनुमति

Spread the love

विराटनगर । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सोमबार अदालत उपस्थित गराइएका उनीमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप म्याद माग गरेको थियो ।

त्यसमा जिल्ला अदालतले ७ दिनको थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

एक अनुयायी महिलाले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई १४ दिनअघि पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनी स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै विराटनगरको विराट नर्सिङ होमको क्याविन नम्बर १४ मा बस्दै आएका छन् । – अनलाइनखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *