सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

Spread the love

सिन्धुपाल्चोक । दोलखाको कालिञ्चोक तिर्थ यात्र गएर फर्केको बस दुर्घटना हुदा १४ यात्रुको मृत्यु भएको छ । लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार बिहान साढे ७ बजे भएको सडकबाट १ सय ५० मिटर तल खसेर बस दुर्घटना भएको हो ।

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बस दुर्घटनामा मृत्यु हुने मध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा दोलखा भिमेश्वरी नगरपालिका ४ की ३६ वर्षीया जुना तामाङ रहेकी छन् ।

लामोसाँघु जिरी सडक खण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिए । घाइते दिपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिए ।

दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ लगिएको छ । शनिबार भक्तपुरबाट रिर्जभ गएको बस बेलुकी कालिञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् ।

—————————————————-

दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेकोथियो ।

भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस सडकबाट सिधै १ सय ५० मिटर तल खसेर थियो । दुर्घटनामा १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लामोसाँघुका सई राजेश दाहालले जानकारी दिनुभएको छ ।

तिर्थयात्रु बोकेको बस दुर्घटनामा मृत्यु हुने मध्ये एकजनाको मात्रै सनाखत भएको छ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सनाखत हुनेमा दोलखा भिमेश्वरी नगरपालिका ४ की ३६ वर्षीया जुना तामाङ रहनु भएकोछ ।

घाइते दिपक तामाङका अनुसार बसमा सिट फूल पनि थिएन । धारिलोमोडमा बस एकै पटक खसेको उहाँले बताउनुभयो । सो दुर्घटनामा परेर १७ यात्रु घाइते हुनुभएको छ । घाइतेहरुको सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ लगिएको छ । बिहान ५ बजे सो गाडी चरिकोटबाट हिडेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *