आफ्नी सानी छोरीलाई यौन धन्दामा लगाउने त्यो पिताको पर्दाफास

Spread the love

एउटा पिता आफ्नी सानी छोरीलाई कसरी यौन धन्दामा लगाउन सक्छ ? हाम्रो नेपाली समाजमा यसलाई कल्पनै गर्न सकिन्न । हालैमात्रै भारतको एक राज्यमा यस्तै घटना भएको छ । यो सुनेर तपाईंको मुटु पनि काँप्न सक्छ ।

एउटा पिता जो सधैँजसो आफ्नी १२ वर्षीय सानी छोरी र श्रीमतीको आगाडी रक्सी खाइरहन्छ । उसले कसैको सुन्दैन, आफ्नै मनोमानी गर्छ । उसले चाहेको बेला दिन होस या रात आफ्ना रक्सी खाने साथीहरुलाई घरमा लिएर आउँछ । उसका साथीहरु पनि रक्सी खाँदै त्यही रात विताउँछन् ।

पिताको यो हाल देखेर एउटी सानी छोरीको मनमा कस्तो विरह चल्छ होला । उनी यस्तो पिताको व्यवहारबाट सधैँ भाग्न चाहन्छिन । तर उनी छोरी मान्छे उनको सहारा नै बाबाआमा हुन भने उनी अन्त कहाँ जान सक्छिन् र ? एकदिन हैन दुई दिन हैन ।

सधैँ जसो उनका पिताका रक्सी खाने पार्टनरहरु दिनदिनै उनकाृे घर आउन थाले । उनका पिता रक्सीको मातमा चुर्लुम्मै हुन्छन् उनलाई आफ्नो परिवारको प्रवाह हुँदैैन् । उनका यारहरुले उनलाई रक्सी र मासु खिलाइदिए पुग्छ ।

रक्सीका यारहरु उनकी श्रीमतीमाथि जबरजस्ती गर्छन । पछि पछि त उनकी सानी छोरीलाई पनि जबरजस्ती गर्छन र कल्कलाउँदो उमेरकी ती कलिली छोरी पनि पिताका रक्सीका यारहरुबाट पटक पटक बलात्कृत हुन्छिन् ।

लामो समयसम्म गुमराहमा रहेकी ती अबोध बालिकाले हालैमात्र पिडा सहन नसकेर उनले स्थानीय आफूलाई मद्धत गर्ने साथीहरुसंग खुलासा गरेकी छिन् । उनले पछिल्लो समय स्थानीय प्रहरी सामू पनि आफ्नो पिडा पोखेकी छिन् उनले आफूलाई ३० पटकभन्दा बढि चोटि आफूमाथि आफ्ना पिताका रक्सीका यारहरुले बलात्कार गरेको बताएकी छिन् ।

उनले भनेकी छिन् हरेक हप्ता उनका पितासंगै उनीहरु आफ्नो घर आउँथे र उनलाई बलात्कार गर्थे । यो सिलसिला करिब दुई वर्षदेखी चल्दै थियो । ती बलात्कारीहरु कतिपय आफ्ना पिताका चिनेजानेका थिए भने कतिपय उनका नचिने नजानेका पनि थिए ।

यस्तो सबै घटना आफ्ना पिताले आफ्नो घरमा आफना यारहरुलाई रक्सी खान घरमा बोलाउँदा खेरी नै भएको सानी छोरीले बताएकी छिन् । रक्सी खाएर मातिएका पिताका यारहरुसित आमालाई र आफूलाई जबरजस्ती यौनकार्यका लागि धकेल्ने गरेको उनले बताएकी छिन् ।

ती सानी अबोध बालिकालाई दिमागमा बचपन देखि नै डर हाबि भएपछि अब डाराउने हतासिने, आत्तिनेजस्तो समस्या देखिएको छ । उनका पिताले आफ्ना श्रीमती र छोरीलाई बलात्कारमा लगाएवापत पैसा लिने गरेको थियो बालिकालाई मद्धत गर्नेहरुले बताएका छन् ।

२० सेप्टेम्बर २०१९ मा स्थानीय शिक्षकलाई मिलेको जानकारीपछि ती अबोध बालिकालाई बालकल्याण विभागमा पुर्याइएको छ । बालकल्याण विभागका अधिकारीहरुले ती बालिकाको स्वास्थ्य परिक्षण गरेपछि उनीमाथि बलात्कार भएको प्रमाणित भएको छ ।

यसै घटनामा ती बालिकाका पितासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि बलात्कार र पोर्नोग्राफीका लागि बच्चाको प्रयोग केसमा मुद्धा दर्ता भएको छ । उनीमाथि बलात्कारको आरोप लागेका अन्य अपराधीहरुको पनि खोजी कार्य हुँदैछ ।

बलात्कारमा संलग्न भएका २५ जनाका नाम र तस्वीर अनुसन्धान अधिकृतसमक्ष प्राप्त भएका छन् । ती बालिकालाई ती अपराधीहरुको अनुहार याद छ की भनी सोध्दा उनले तीनीहरुको अनुहार याद नभएको बताएकी छिन् । अनसन्धान जारी रहेको छ ।

(पीडित बालिकाको परिवार दक्षिण भारतको एक समृद्ध सहरमा रहन्छन् । यो समाचार बिबिसीमा प्रकाशित सत्य घटनामा आधारित रहेर तयार पारिएको हो ।)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *