अनुष्काले जितिन् मिस वर्ल्डको ‘मल्टिमिडिया अवार्ड’

Spread the love

काठमाडौं : ‘मिस वर्ल्ड २०१९’मा नेपालको प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले ‘मल्टिमिडिया अवार्ड’ जितेकी छिन्।

मल्टिमिडिया अवार्ड जितेसँगै सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै अनुष्काले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिँदै खुसी साटेकी छिन्। केही दिन अघि मात्र उत्कृष्ट ४० मा पुग्न सफल भएकी उनले सर्वाधिक भोट पाएर ‘मल्टिमिडिया अवार्ड’ जितेकी हुन्।

यसअघि ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो चरण जितेर अनुष्का उत्कृष्ट ४० मा पुग्न सफल भएकी थिइन्। लण्डनमा जारी मिस वर्ल्डको फिनाले १४ डिसेम्बरमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *